धनबहादुर बिक
२८ असार
कञ्चनपुरको कुण्डा सव डिभिजन वन कार्यालयद्वारा शनिवार बाट निशुल्क बिरुवा बितरण कार्यक्रमको पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माले निःशुल्क बिरुवा बितरण कार्यक्रमकाे शुभारम्भ गर्नुभएको हो।
डिभिजन वन कार्यालय कञ्चनपुरको आर्थिक वर्ष २०८१/०८२ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार कुण्डा सब डिभिजन वन कार्यालय पचकडिया कंचनपुरको नर्सरीमा उत्पादन भएका गोल्ड मोहर वीरेन्द्र फूल राजवृक्ष टिक मसला अमला बकाइनो अम्बा कागती जामुन कपूर सिसौ निम मोरिंगा प्रजातिका बिरुवाहरू यही असार २८ गतेदेखि निःशुल्क रुपमा वितरण गर्न सुरु गरिएको कुण्डा सव डिभिजन कार्यालयका प्रमुख दिनेश कुमार यादवले जानकारी दिनुभयो।वितरण प्रकिया ५० बिरुवाको लागि नेपाली नागरिकताको प्रतिलिपि ५० देखि ५०० बिरुवा सम्मको लागि जग्गाधनी प्रमाणपत्र ५०० बिरुवा भन्दा माथि स्थानिय वडा कार्यालयको सिफारिस बिधालय ,संघ संस्था सार्वजनिक निकाय कार्यालयले बृक्षारोपण गर्ने स्थान खुलाई सम्बन्धित् कार्यालयको आधिकारिक पत्र सहित आए पश्चात बिरुवा उपलब्ध गराइने समेत बताउनुभयो।कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा,प्रदेश वन निर्देशनालय धनगढीका महानिर्देशक हेमराज विष्ट, डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख राम बिचरी ठाकुर,पुनर्वास नगरपालिकाका नगर उपप्रमुख भुलिया कुमारी राना,पुनर्वास नगरपालिकाका निवर्तमान नगर उप प्रमुख शारदा विष्ट, वडाध्यक्ष,वन कार्यालयका कर्मचारी
लगायत स्थानिय सञ्चारकर्मीको उपस्थिति रहेको थियो।
कार्यक्रम बोल्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले बिरुवा बितरण गरिए सँगै वितरण गरिएका बोट बिरुवाको वन कार्यालयले अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो।कार्यक्रममा बोल्दै प्रदेश वन निर्देशनालय धनगढीका महानिर्देशक हेमराज विष्टले वृक्षारोपण गर्नाले वातावरणमा हरियाली हुनुका साथै प्रशस्त रुपमा अक्सिजन प्राप्त गर्न सकिने बताउँदै उपस्थित सम्पूर्णलाई बिरुवा लगाउने तरिकाको विषयमा जानकारी गराउनुभएको थियो।यस वर्ष कुण्डा सब डिभिजन वन कार्यालयबाट ८५ हजार बिरुवा वितरण गरिने प्रमुख यादवले जानकारी दिनुभयो।