हेमा भट्ट असार २९
कञ्चनपुर – पुनर्वास नगरपालिका–६ स्थित जंगबहादुर सुनारको उखुबारीमा गोडमेल गरिरहँदा एक अजिङ्गर (python) देखिएको छ। स्थानिय जनताहरूले नियन्त्रणमा लिन खोज्ने क्रममा अजिङ्गरले पुनर्वास–६ निवासी सोमराज बि.क.लाई हातमा आक्रमण गरेको हो।
घाइते सोमराज बि.क.लाई वडा नं. ६ का अध्यक्ष मित्र सिंह लामाको समन्वयमा सेती प्रादेशिक अस्पताल, धनगढीमा पठाइएको छ। हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
उक्त अजिङ्गरलाई कुण्डा सब डिभिजन वन कार्यालयका प्रमुख श्री दिनेश यादवको कमानमा खटिएको टोलीले उद्धार गरी सुरक्षित रूपमा हिमचुली सामुदायिक वन उपभोक्ता समूह, पुनर्वास–६ को वन क्षेत्रमा पुनःस्थापना गरिएको हो।
उद्धार कार्यमा सहयोग पुर्याउनु भएका स्थानीय बासिन्दा, सशस्त्र प्रहरी, नेपाल प्रहरी, र वडा अध्यक्ष लगायतको सहयोग रहेको यादवले जानकारी गराए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1