पिपरियामा ३० दिने नि:शुल्क ब्यूटिसियन तालिम सुरु

हेमा भट्ट, असार २८, २०८२ कञ्चनपुर-पिपरियास्थित जानकी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा ३० दिने नि:शुल्क ब्यूटिसियन तालिम एक भव्य कार्यक्रमका साथ सुरु भएको छ। आर्थिक वर्ष २०८१/८२ को वार्षिक योजना अन्तर्गत सुरु गरिएको तालिमले स्थानीय महिलाहरूमा सीप विकास, आत्मनिर्भरता र स्वरोजगारको अवसर सिर्जना गर्ने उद्देश्य राखेको छ।

तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कृष्णपुर नगरपालिकाकी उपप्रमुख द्रौपदी रानाले महिला सशक्तिकरणका लागि यस्ता तालिमहरू आवश्यक रहेको बताइन्। कार्यक्रमको अध्यक्षता जानकी सामुदायिक वन अध्यक्ष चन्द्र प्रकाश भट्टले गरेका थिए।

विशिष्ट अतिथि वडा नं. ९ का अध्यक्ष कैलाश बलायर, पर्यटन विकास बोर्ड अध्यक्ष तथा समाजसेवी लेखराज जोशी, पिपरिया सब डिभिजन वन प्रमुख हेम नारायण शाहनी, वडा सदस्य मोली राना, सीता सामुदायिक वन अध्यक्ष पुनाराम चौधरी, वन्देवी सामुदायिक वन अध्यक्ष निरज भण्डारी, उग्रतारा सामुदायिक वन अध्यक्ष मदन राना, समाजसेवी हंसराम पाठक तथा तालिम प्रशिक्षक हेमा ओझाको उपस्थिति रहेको थियो।

उक्त तालिममा झण्डै ८२ जना सहभागीले भाग लिएका छन्, जसमा महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जानकारी दिएको छ। तालिम दुई सेसनमा विभाजन गरी प्रभावकारी ढंगले सञ्चालन भइरहेको छ।

प्रशिक्षक हेमा ओझाका अनुसार, तालिममा सौन्दर्यसम्बन्धी आधारभूत ज्ञान, व्यावसायिक सीप तथा व्यवहारिक अभ्यास प्रदान गरिनेछ। “महिलाहरूले आफ्नै व्यवसाय थालनी गरेर आत्मनिर्भर बन्न सक्नेछन्,” उनले बताइन्।

कार्यक्रममा बोल्दै अध्यक्ष चन्द्र प्रकाश भट्टले भने, “सीप आधारित तालिममार्फत महिलाहरूको आर्थिक सशक्तिकरणतर्फ ठोस कदम चालिएको छ।” उनले यस्ता तालिमहरूलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे।

कार्यक्रम सभ्य, सुसंस्कृत र प्रेरणादायी वातावरणमा सम्पन्न भएको आयोजक समूहले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply