साउन ४ धनगढी
बंगलादेशमा भइरहेको यू-२० महिला साफ च्याम्पियनसिपमा अब अन्तिम दुई खेल बाँकी छन्।
आयोजक बंगलादेश, नेपाल, श्रीलंका र भुटान गरी चार टोलीबीच भएको प्रतिस्पर्धा डबल राउन्ड रोबिन लिगको आधारमा सञ्चालन भइरहेको छ। जसमा सबै चार टोलीले अन्तिम एक एक खेल खेल्न बाँकी छन्।
भुटान र श्रीलंकाबीचको खेलले तेस्रो स्थानको टोलीको टुंगो लाग्नेछ। अघिल्लो राउन्डमा श्रीलंकालाई हराएको भुटान ३ अंक जोडेर तेस्रो स्थानमा छ। गोलअन्तरमा पनि अघि छ रहेको भुटानले अन्तिम खेलमा श्रीलंकासँग हार ब्यहोरे पनि तेस्रो ने हुने अवस्था छ।
यता नेपाल र बंगलादेशबीच हुने खेलले भने उपाधि विजेताको टुंगो लाग्नेछ।
सोमबार नेपाली समयअनुसार साँझ ६:३० मा हुने खेलमा नेपालका लागि विजेता हुन जितको खाँचो छ। बंगलादेशलाई भने बराबरीले पनि पर्याप्त हुनेछ।
यसअघि नेपालले भुटानलाई पहिलो खेलमा ६-१ र दोस्रो खेलमा ८-० गोलले हराएको थियो। यस्तै नेपालले श्रीलंकालाई दुवै खेलमा ७-० गोलले हराएको थियो।
बंगलादेशविरूद्ध भने नेपाल ३-२ गोलले पराजित भएको थियो। नेपालले पाँचमध्ये चार खेलमा जित निकाल्दा बंगलादेश भने पाँचै खेलमा विजयी भएको छ।
गोलअन्तरमा नेपालअघि छ। नेपाल गोलअन्तरमा ६ गोलले अघि छ। त्यसैले नेपालका लागि उपाधि जित्न भोलिको खेलमा जित नै चाहिने हुन्छ।