एसिया रग्बी सेभेन्सका लागि नेपाली यू-२० महिला टोली घोषणा

साउन १८ धनगढी
नेपाल रग्बी संघले एसिया रग्बी इमिरेट्स यू–२० सेभेन्स ट्रफीका लागि नेपाली यू–२० महिला रग्बी टोली घोषणा गरेको छ।

भारतमा आगामी साउन २४ देखि २७ गतेसम्म एसिया रग्बी इमिरेट्स यू–२० सेभेन्स ट्रफी २०२५ आयोजना हुँदै छ । यसै ट्रफीका लागि रग्बी संघले आइतबार १३ सदस्यीय नेपाली युवा टोली घोषण गरेको हो।

पछिल्लो संस्करण यस उमेरसमूहको प्रतियोगिता नेपालमा नै आयोजना भएको थियो।

यसपल्टमा भने भारतले आयोजना गर्न लागेको हो। नेपाली टोलीमा सम्झौता तुम्बापो, लक्की मगर, सनमिका मगर, रेखा खड्का, सुशीला सुनुवार, निशा घलान, रोश्ना पोखरेल, पूजा डंगोल, कविता बादी, आरुषी भट्टराई, सलिना माझी, समीक्षा गौतम र रमिरा शाही छिन् । सावित्री पुर्जाको प्रशिक्षणमा नेपाली यू–२० महिला रग्बी टोली छनोट भएको हो ।

नेपाली टोलीले हाल सर्लाहीको राधाकृष्ण खेल मैदानमा प्रशिक्षण गरिरहेको नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले जानकारी दिए।

प्रतियोगिता हुने भारतको मौसमसँग मिल्नेगरी टोलीलाई पछिल्लो एक महिनादेखि सर्लाहीमा प्रशिक्षणमा राखिएको महासचिव घिमिरेले बताए । यो टोली प्रतियोगितामा सहभागी हुन आगामी साउन २२ गते भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

प्रतियोगितामा एसियाका विभिन्न ११ राष्ट्रबाट समान ८-८ आठ पुरुष-महिला यु–टोलीले प्रतिस्पर्धा गर्दैछन् । बिहारस्थित राजगीर रंगशालामा खेल खेलाइने रग्बी संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply