महिलाहरुको त्याग र योगदानबाट नेपालमा गणतन्त्र सम्भव भएको हो : प्रचण्ड

भदौ १८ धनगढी
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धमा महिलाहरुको त्याग,तपस्या र योगदानबाट नेपालमा गणतन्त्र सम्भव भएको बताएका छन् । प्रज्ञा भवन कमलादीमा बुधबार अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले जनयुद्धमा ५० प्रतिशत महिला सहभागीका कारण देशमा सङ्घीय गणतन्त्र आएको बताए ।

उनले महिलाहरूको त्याग, तपस्या र योगदानबाट नै यी सबै सम्भव भएको जिकिर गरे । जनयुद्धबाट प्राप्त भएको उपलब्धि समाप्त गर्न फेरि प्रतिगामी षड्यन्त्र भइरहेको भन्दै प्रचण्डले त्यस्ता षड्यन्त्रविरुद्ध युद्धकालमा जस्तै महिलाको सहयोग गर्न अपिल गरे ।

नेपालका महिलाले दुई तिहाइ अधिकारका लागि लड्नुपर्ने उनले बताए । उनले भने ‘महिलाले आधा आकाश होइन ढाकेको होइन, दुई तिहाइ आकाश ढाकेको भन्नुपर्छ । दुई तिहाइ पुरुष विदेश गएका छन् । एक तिहाइ मात्र नेपालमा छन् । अब महिलाले दुई तिहाइ अधिकारका लागि लड्नुपर्छ, ३३ प्रतिशत अधिकारका लागि होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply