१९ जना पुरुष कैदीबन्दी सम्पर्कमा आए

शुक्रबार, भदौ २७ धनगढी ।
जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको सहयोगमा कैलाली कारागारबाट भागेका १९ जना कैदीबन्दी सम्पर्कमा आएको जनाएको छ । सम्पर्कमा आएका उनीहरुलाइ पक्राउ गरी कारागार ल्याई सकेको कैलाली कारागार प्रशासक चिरञ्जीवी सापकोटाले निशाना न्युजलाई जानकारी दिए । महिला कैदीबन्दी सम्पर्कमा छन् उनले भने अहिले पुरुष कैदीबन्दीमात्र कारागार आएको उनले बताए । आउने क्रम जारी छ हामी पनि सम्पर्क गरिरहेको उनको भनाई छ ।

उनले कारागारको बन्दी गृहबाट भागेका कैदीबन्दीलाई अबिलम्ब सम्पर्कमा आउन भनेका छौ उनले भने धेरै जसो कैदीबन्दी सम्पर्कमा आईरहेका छन् ।

“कारागार व्यवस्थापन विभागको मिति २०८२।०५।२६ गतेको सूचना अनुसार यस कारागार कार्यालय, कैलालीबाट मिति २०८२।०५। २४ गते बन्दीगृहबाट बाहिर निस्किएका कैदीबन्दीहरू अविलम्ब कारागार कार्यालय, कैलाली वा नजिकैको प्रहरी कार्यालयको सम्पर्कमा आउन हुन यो सूचना जारी गरिएको छ। अन्यथा कारागार ऐन अनुसार भईजाने व्यहोरा समेत सबैमा जानकारी गराईन्छ,” उनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

कैलाली कारागारको बन्दी गृहबाट मंगलबार जेनजीका प्रदर्शनकारीले छ सय ६६ जना कैदीबन्दीलाई निकालेर भगाएका थिए । कारागारमा छ सय ६७ कैदीबन्दी रहेपनि एक जना भने उपचाररत रहेका कारण भाग्न नपाएको कारागारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply