एसिया कपमा पाकिस्तानमाथि भारतको सजिलो जित

भदौ ३० धनगढी
युएईमा भइरहेको एसिया कप टी-२० क्रिकेट प्रतियोगितामा भारतले बहुप्रतिक्षित प्रतिस्पर्धामा पाकिस्तानलाई ७ विकेटले पराजित गरेको छ।

दुबईमा आइतबार राति टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ९ विकेटको क्षतिमा १२७ रन बनाएपछि भारतले १२८ रनको सामान्य लक्ष्य पाएको थियो। जुन लक्ष्य भारतले ३ विकेटको क्षतिमा १५.५ओभरमै पूरा गर्‍यो।

भारतका लागि कप्तान सूर्यकुमार यादवले ३७ बलमा ५ चौका र १ छक्काको मद्दतमा नटआउट ४७ रन बनाए। ओपनर अभिषेक शर्मा र तिलक बर्माले ३१-३१ रन बनाए।

त्यसअघि पाकिस्तानका लागि अन्तिम ओभरमा हार्दिक पाण्ड्यालाई दुई छक्का प्रहार गरेका शाहीन शाह अफ्रिदीले १६ बलमा नटआउट ३३ रन बनाए। उनले कुल ४ छक्का प्रहार गरेका थिए।

यस्तै ओपनिङ ब्याटर शहिबजादा फरहानले ४४ बलमा ४० रन बनाउँदा अरु ब्याटरले उल्लेख रन बटुल्न सकेनन्।

इनिङग्सलाई प्राय: आफ्नो नियन्त्रणमा लिएको भारतका लागि कुलदिप यादवले ३ विकेट लिए भने अक्षर पटेलले २ विकेट हात पारे। स्पिनर चले पनि सुरुवाती विकेट लिएका हार्दिक पाण्ड्याले १ विकेट र जसप्रित बुमराहले २ विकेट आफ्नो नाममा लेखाए।

एसिया कपमा दुवै टोलीले यसअघि पहिलो खेलमा जित निकालेका थिए। समूह ‘ए’ मा रहेका भारतले युएई र पाकिस्तानले ओमानलाई पराजित गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply