असोज १२
कैलाली कारागारबाट भागेका कैदीबन्दी अझै फर्किन सकेका छैनन् । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते कारगारबाट भागेका ६६५ कैदीबन्दीहरु मध्ये ३४१ कैदीबन्दीहरुमात्र फर्केको कैलाली कारागारले जनाएको छ ।
अझै ३२६ कैदीबन्दी बाहिर रहेको कैलाली कारागार प्रमुख चिरञ्जीवी सापकोटाले जानकारी दिए । उनले केहीलाई प्रहरीले पक्राउ गरि बुझाएको बताए ।
उनले भने ‘हामीले कैदीबन्दीलाई कारागार फर्कन सूचना पनि जारी गरेका छौँ । आउने क्रम जारी छ । सबैजना छिट्टै फर्किन्छन् भन्ने विश्वास छ ।’ प्रहरीले पनि खोजीकार्य गरिरहेको उनले बताए ।
कैलाली कारागारमा ६ सय ६७ जना कैदीबन्दी रहेका थिए । जसमध्ये ५८ जना महिला थिए । जेनजी आन्दोलनका क्रममा ६ सय ६५ जना कैदीबन्दी भागेको जनाइएको छ । एक जना उपचाररत रहेकाले भाग्न नपाएको तथा एकजना भने कारागारमै बसेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1