“साफ महिला च्याम्पियनसिपमा एपिएफको पहिलो खेल बंगाली क्लबसँग”

असोज २०
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक साफ क्लब महिला च्याम्पियनसिप आयोजना गर्दैछ।

आगामी मंसिर १९ देखि पुस ५ गतेसम्म हुने प्रतियोगिता काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

प्रतियोगितामा साफका पाँच वटा क्लबले भाग लिदैछन्।

जसमा साफका श्रीलंका र माल्दिभ्सका क्लबको सहभागिता हुनेछैन।

नेपालबाट एपिएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल फुटबल क्लब, बंगलादेशबाट नासरिन स्पोर्ट्स एकेडेमी र पाकिस्तानबाट कराची सिटी एफसीले भाग लिनेछन्।

यस्तै भुटानको ट्रान्सपोर्ट युनाइटेडले पनि प्रतिस्पर्धा गर्नेछ।

नेपालको च्याम्पियन एपिएफले पहिलो खेलमा बंगलादेशको नासरिनसँग मंसिर १९ मा खेल्नेछ।

त्यस्तै दोस्रो खेल भुटानको ट्रान्सपोर्टसँग मंसिर २५ मा, तेस्रो खेल कराँचीसँग मंसिर २८ मा र पुस २ मा इस्ट बंगलादेशसँग खेल्नेछ।

शीर्ष दुई टोलीबीच पुस ५ मा फाइनल हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply