बिपद जोखिम न्यूनीकरणका लागि हसुलियामा आत्मसुरक्षा तालिम शुरु

कैलाली, असोज २२
बिपद जोखिम न्यूनीकरणका लागि समुदायमा आत्मसुरक्षा सम्बन्धी तीन दिने तालिम कैलारी गाउँपालिका–५ हसुलियामा शुरु भएको छ।

कैलारी गाउँपालिकाको समन्वयमा Kerk in Actie को आर्थिक सहयोग र बहुउद्देश्यीय विकास समाज (MPDS) डडेल्धुरा द्वारा सञ्चालित बाढी तथा पहिरोबाट प्रभावित जनताका लागि आपतकालीन अवस्थामा सहयोग गर्न पूर्वतयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत उक्त तालिम सुरु गरिएको हो।

स्थानीय स्रोतसाधनको प्रयोगमार्फत बिपद जोखिम न्यूनीकरणमा समुदाय र टास्कफोर्सको ज्ञान, सीप र क्षमता अभिवृद्धि गरी आपतकालीन अवस्थामा प्रभावकारी रूपमा परिचालन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ।

तालिमको सहजीकरण प्रशिक्षक रतन टमट्टा र चन्द्र साउँदले गरिरहेका छन्।

उद्घाटन सत्रमा कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले तालिमको उद्घाटन गर्दै स्थानीय तहबाट बिपद जोखिम न्यूनीकरणमा ठोस योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

तालिममा गाउँपालिकाका बिपद टास्कफोर्सका सदस्य, समुदायका अगुवा तथा जनप्रतिनिधि गरी २५ जना सहभागी रहेका छन्।

उद्घाटन समारोहमा उपाध्यक्ष भगवती चौधरी, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र राज जोशी, वडा अध्यक्षहरू बिष्णु चौधरी, दिपेन्द्र बम, सन्तराम चौधरी, कार्यपालिका सदस्य सुन्दरी चौधरी, वडा सदस्य किसनलाल चौधरी, भागुदास चौधरी, सामाजिक विकास शाखा अधिकृत यगम कलेल र महिला विकास शाखा प्रमुख बालकुमारी चौधरीको उपस्थिति थियो।

कार्यक्रम पालिका बिपद व्यवस्थापन समिति संयोजक तथा वडा नं ४ का अध्यक्ष ठागुराम चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो।
सो अवसरमा परियोजना संयोजक शिवराज पाठकले परियोजना र तालिमका उद्देश्यबारे प्रस्तुतिकरण गर्नुभएको थियो।

कार्यक्रमको सञ्चालन डीआर टेक्निकल एक्सपर्ट राजेन्द्र रैकाले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply