नेपालका ६ महिला क्रिकेटरले मलेसियाको घरेलु क्रिकेट खेल्ने

असोज २४
नेपालका ६ जना महिला क्रिकेटरले मलेसियाको घरेलु क्रिकेट खेल्ने भएका छन्।

मलेसियन क्रिकेट एसोसिएसनको आयोजनामा यहि अक्टोबर १६ देखि २८ सम्म हुने प्रतियोगिता क्वालालम्पुरमा हुँदैछ।

प्रतियोगिताको नाम एमसिए वुमन इन्टरस्टेट टी-२० च्याम्पियनसिप दिइएको छ।

जसमा नेपालका खेलाडीले दुई वटा स्टेट टोलीबाट खेल्नेछन्।

सिता राना मगर, कविता जोशी र राजमती ऐरी सेलाङगोन क्रिकेट एसोसिएसनबाट खेल्नेछन्।

यस्तै रुबिना क्षेत्री, पूजा महतो र कविता कुँवरले सारावाक क्रिकेट एसोसिएसनमा आबद्ध छन्।

यसअघि नेपाली टोली शुक्रबार मात्र मलेसियाबाट फर्किएको छ। ६ जना बाहेकका खेलाडी मात्र स्वदेश फर्किएका हुन्।

नेपालले मलेसियाविरूद्धको पाँच खेलको टी-२० सिरिज ३-२ ले जितेको थियो।

सिरिजअघि नेपालका १४ क्रिकेटरले मलेसियाको महिला फ्रेञ्चाइज लिग खेलेका थिए। सेतोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply