कृष्णपुर नगरपालिकाका मेयर र विद्यालय प्र.अ.बीच शैक्षिक सल्लाह–छलफल

हेमराज, असोज २५
कञ्चनपुरको कृष्णपुर नगरपालिकाभित्र रहेका १३ वटै सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापकहरू (प्र.अ.) र नगर प्रमुख हेमराज ओझाबीच विद्यालयको समसामयिक अवस्था, शैक्षिक सुधारका उपाय तथा आगामी एस.ई.ई. परीक्षाको तयारी विषयमा विशेष सल्लाह–छलफल कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम महाकाली माध्यमिक विद्यालय, बसन्तपुरमा आयोजना गरिएको थियो। छलफलमा विद्यालयहरूमा देखिएका चुनौतीहरू, विद्यार्थीहरूको उपस्थितिमा सुधार, परीक्षाको तयारी, र शैक्षिक गुणस्तर वृद्धि गर्ने रणनीतिबारे विस्तृत रूपमा चर्चा गरिएको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख ओझाले विद्यालयहरूलाई नगरको शिक्षा विकासको मेरुदण्डको रूपमा व्याख्या गर्दै जिम्मेवारीपूर्वक कार्य गर्न सबै विद्यालय प्रमुखहरूलाई आग्रह गर्नुभयो। उहाँले भन्नुभयो —

विद्यालयको अनुशासन, शिक्षण गुणस्तर र विद्यार्थीको परिणाम सुधार गर्नु सबैको साझा जिम्मेवारी हो। नगरपालिका सदैव विद्यालयसँग हातेमालो गरेर अघि बढ्छ।

नगर प्रमुख ओझाले शैक्षिक सुधारका लागि आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता पनि जनाउनुभयो।

सो अवसरमा सहभागी विद्यालयका प्र.अ.हरूले मेयर ओझाको शैक्षिक क्षेत्रप्रतिको चासो र सक्रियताप्रति आभार व्यक्त गर्दै, नगरपालिकाको शैक्षिक नीति र योजनालाई व्यवहारमा रूपान्तरण गर्न एकजुट भएर अघि बढ्ने प्रतिवद्धता जनाए।

छलफलले कृष्णपुर नगरको शैक्षिक क्षेत्रमा सुधार र समन्वयको नयाँ चरण सुरु गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply