गड्डाचाैकि सिमा सुरक्षा सुधार र अबैध गतिविधि नियन्त्रणमा अन्तरक्रिया कार्यक्रम

मंसिर ९
कञ्चनपुर, गड्डाचाैकि — नेपाल सशस्त्र प्रहरी बलको पहलमा मंगलबार गड्डाचाैकि भन्सार कार्यालयमा सिमा सुरक्षा, अन्तर्राष्ट्रिय अपराध, अबैध चोरी–पैठारी तथा निकासी रोकथामसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा सरकारी निकाय, उद्योग–व्यापार संघ र सरोकारवालाको सक्रिय सहभागिता थियो।

कार्यक्रमको मुख्य उद्देश्य सिमा नाका क्षेत्रमा हुने विभिन्न प्रकारका अपराध न्यूनीकरण गर्नु, सुरक्षा व्यवस्थापनमा सुधार ल्याउनु, र सबै सम्बन्धित निकायबीच सूचना आदान– प्रदानलाई प्रभावकारी बनाउनु रहेको थियो। गुल्म पति सशस्त्र प्रहरी नायव उपरिक्षक जनक राज उपाध्यायले कार्यक्रममा सिमा क्षेत्रमा सुरक्षा र प्रशासन चुस्त दुरुस्त बनाउन यस किसिमको अन्तरक्रिया कार्यक्रम आवश्यक रहेको बताए। उनले भने, “सुरक्षा बल, भन्सार कार्यालय र स्थानीय सरोकारवालाबीचको समन्वय सुदृढ नभएसम्म अबैध गतिविधि नियन्त्रणमा पूर्ण सफलता मिल्न सक्दैन।”

कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले सिमा क्षेत्रमा हुने चोरी–पैठारी नियन्त्रण र आर्थिक गतिविधि प्रवद्र्धनमा संघले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। यसैगरी, भन्सार अधिकृत चक्र देव भट्टले राजस्व संकलन र अवैध वस्तु नियन्त्रणमा सुरक्षाकर्मी, व्यापारी र सरोकारवालाको सहकार्य अनिवार्य रहेको बताए।

कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, सरोकारवालाका प्रतिनिधि र स्थानीय निकायका पदाधिकारीले सिमा क्षेत्रमा सुरक्षा व्यवस्थापनमा सुधार, अवैध गतिविधि रोकथाम, र आपसी सहयोगको महत्वमा धारणा राखेका थिए। सहभागीहरूले सुझाव दिनु भयो कि:

सिमा नाकामा निगरानी प्रणाली र टेक्नोलोजीको प्रयोग बढाउने।
अवैध तस्करी र चोरी नियन्त्रणका लागि नियमित तालिम र सचेतना कार्यक्रम सञ्चालन गर्ने।
सरोकारवालाबीच सूचना आदान–प्रदानलाई सहज र द्रुत बनाउने। स्थानीय व्यापारिक संघ र भन्सार कार्यालयबीच सहयोगात्मक मोडल विकास गर्ने।

कार्यक्रमले स्पष्ट पारेको छ कि सुरक्षा, प्रशासन र नागरिक सहभागिताबीचको सहकार्यले मात्र सिमा क्षेत्रलाई चुस्त, व्यवस्थित र सुरक्षित बनाइराख्न सकिन्छ। आगामी दिनमा यस्ता अन्तरक्रिया कार्यक्रम नियमित रूपमा आयोजना गरी गड्डाचाैकि सिमा क्षेत्रमा अवैध गतिविधि नियन्त्रण, व्यापारिक सुविधा र सुरक्षामा थप सुधार ल्याउने योजना निर्माण गरिने उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply