हेमा भट्ट पुस २०
कञ्चनपुर — कृष्णपुर नगरपालिका वडा नम्बर ९, राजघाटमा निर्माण भएको कृषि सडकको दीर्घकालीन संरक्षण, सुरक्षित आवागमन तथा व्यवस्थित विकासका लागि वडा कार्यालयले सहकार्यको भावना सहित सूचना जारी गरेको छ।
वडा कार्यालयद्वारा प्रकाशित सूचनाअनुसार राजु चौधरीको घरदेखि वडा कार्यालयसम्म निर्माण गरिएको कृषि सडकको मापदण्ड १२ मिटर कायम रहेको छ। सडकको केन्द्र रेखाबाट दायाँ–बायाँ ६/६ मिटर क्षेत्रभित्र अस्थायी रूपमा राखिएका काठ, दाउरा, ढुङ्गा, इट्टा तथा अन्य सामग्री हटाउन अनुरोध गरिएको छ।
सूचना प्रकाशित भएको मितिदेखि ७ दिनभित्र सम्बन्धित सामग्री स्वयं व्यवस्थापन गरी हटाइदिन वडा कार्यालयले सम्पूर्ण वडावासीमा हार्दिक अपिल गरेको छ। यसबाट सडकलाई सुरक्षित, सफा र व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
वडा अध्यक्ष कैलाश बहादुर बलायरले सार्वजनिक सम्पत्तिको संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गर्दै, विकास निर्माणका कार्यलाई सफल बनाउन वडावासीको सकारात्मक सहयोग अपरिहार्य रहेको बताउनुभयो। वडाको समग्र विकास, सहज यातायात र सार्वजनिक हितका लागि सबैले साथ दिनुहुने अपेक्षा गरिएको छ।
