हेमा भट्ट
कञ्चनपुर — सुदूरपश्चिम प्रदेशमा बढ्दो लागुऔषध दुरुपयोगविरुद्ध सचेतना फैलाउने उद्देश्यले एकदिने प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रम पुस २१ गते बिहान १०ः३० बजे प्रदेश युवा परिषदको आयोजनामा तथा श्री जे.बी. एकेडेमीको सहकार्यमा सञ्चालन हुने जनाइएको छ।
सुदूरपश्चिम प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष गजेन्द्र सावदको अध्यक्षतामा हुने कार्यक्रममा प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। साथै, नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक (DIG) ओमबहादुर राना विशिष्ट अतिथिका रूपमा उपस्थित रहने कार्यक्रम तय भएको छ।
लागुऔषध दुरुपयोगका कारण युवावर्गमा देखिँदै आएको सामाजिक, मानसिक तथा स्वास्थ्यसम्बन्धी समस्याप्रति सरोकारवालालाई जागरुक बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। अभिमुखीकरणमा कृष्णपुर नगरपालिका वडा नं. २ र ३ तथा लालझाडी गाउँपालिका वडा नं. ५ अन्तर्गतका सामुदायिक र संस्थागत विद्यालयका कक्षा ६ भन्दा माथिका विद्यार्थी, विद्यालयका संस्थापक, प्रधानाध्यापक, शिक्षक–शिक्षिका, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, पत्रकार, समाजसेवी, व्यवसायी तथा स्थानीय सरोकारवालाको सहभागिता रहनेछ।
कार्यक्रममा लागुऔषधको दुष्प्रभाव, यसको रोकथामका उपाय तथा लागुऔषधमुक्त समाज निर्माणमा युवाको भूमिकाबारे विज्ञहरूले विस्तृत अभिमुखीकरण गर्ने जनाइएको
