दशौं राष्ट्रिय खेलकुद आउन ३८ दिन बाँकी छदा तीन वटा उपसमिति गठन

पुस २२

आगामी फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा हुने तय भएको दशौं राष्ट्रिय खेलकुद सुरु हुन ३८ दिन बाँकी रहदा तीन वटा उपसमिति गठन भएको छ।

राष्ट्रिय खेलकुद परिषदअन्तर्गको कार्यसम्पादन समितिले दशौं राष्ट्रिय खेलकुदका लागि मंगलबार तीन वटा उपसमिति गठन गरेको हो।

जसमा प्राविधिक उपसमिति, खेल सामग्री खरिद उपसमिति र प्रचार प्रसार उपसमिति गठन भएका छन्। युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको सिफारिसमा तीनै वटा समितिको संयोजक नियुक्त भएका छन्। तीन जना दश दिन नियुक्त भएका परिषदका बोर्ड सदस्य हुन्।

प्राविधिक उपसमितिको संयोजकमा कुमार लामा घिसिङलाई जिम्मेवारी दिएको छ। उनलाई दुई साताअघि मात्र मन्त्रीले परिषदको बोर्ड सदस्यमा नियुक्त गरेका थिए। अब यो समितिले प्रतिवेदन तयार गरेपछि मात्र खरिद प्रक्रिया सुरु हुनेछ।

यस्तै खेल सामग्री खरिद उपसमितिको संयोजकमा सन्तकुमार मेहता छन्। उनी पनि गत पुस ११ मा नियुक्त भएका परिषदका बोर्ड सदस्य हुन्। यो समितिले प्राविधिक समितिले प्रतिवेदन दिएपछि मात्र टेन्डरमार्फत् खरिद प्रक्रिया अघि बढाउन सक्छ।

यता प्रचार समितिको जिम्मेवारी जगत टमाटाले पाएका छन्।

दशौं राष्ट्रिय खेलकुद नजिकिदा खरिद प्रक्रिया नै चुनौतीपूर्ण छ। किनभने सार्वजनिक खरिद ऐनअनुसार टेन्डर आह्वानका लागि समय अपुग हुन्छ। यसको बाटो फुकाउनका लागि मन्त्रिपरिषदले मात्र काम गर्न सक्छ।

खेलकुद मन्त्री बब्लु गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएपछि उनको पदको विषयमा प्रश्न उठेका छन्। प्रधानमन्त्री सुशीला कार्कीले पार्टीमा आबद्ध भएको भन्दै मन्त्री गुप्ताको राजीनामा मागेको सार्वजनिक भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply