शेरबहादुर लोहारको निधन — सानो सहयोगले जोगिन सक्छ एक परिवारको भविष्य

माघ १७
कृष्णपुर नगरपालिका–९ निवासी शेरबहादुर लोहारको उपचारका क्रममा भारतको पञ्जाब, अमृतसरमा २०८२–१०–१६ गते बिहान ५:३० बजे दुःखद निधन भएको छ।

गम्भीर आर्थिक अभावका कारण उहाँको पार्थिव शरीर नेपाल ल्याउन नसकी २०८२–१०–१७ गते भारतमै दाहसंस्कार गर्नुपर्ने अत्यन्तै पीडादायी अवस्था सिर्जना भएको छ।

उहाँको निधनपछि दुई नाबालक छोरा र श्रीमती जीवनको सबैभन्दा कठिन मोडमा पुगेका छन्। खान–लाउनसमेत अभाव झेलिरहेको यो परिवार आज सहानुभूति मात्र होइन, सहयोगको हात खोजिरहेको छ।
आज तपाईंले गरेको सानो सहयोग भोलि एक परिवारको आशा, जीवन र भविष्य बन्न सक्छ।

यस कठिन घडीमा राजघाट सहयोगी युवा समुदाय, स्थानीय सरकार, सरोकारवाला निकाय तथा सम्पूर्ण मनकारी हृदयहरूसँग मानवीय सहयोगका लागि हार्दिक अपिल गर्दछौँ।

कृपया यो पीडालाई आफ्नै ठानी पोस्ट सेयर गरी सहयोगी हात अघि बढाइदिनुहोस्।
सहयोग नै मानवताको सबैभन्दा ठूलो धर्म हो।
आज देखाइएको करुणा भोलि कसैको जीवनको उज्यालो बन्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply