आज यी तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

माघ १९

हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ।

पछिल्लो चौबीस घन्टामा मुलुकका विभिन्न भागमा छिटपुट वर्षा पनि भएको छ।

सोमबार दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशका हिमाली भू‍-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्ने पनि महाशाखाले जनाएको छ।

देशका हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ।

राति तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहने महाशाखाले जनाएको छ।

देशका हिमाली भू‍-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply