लेखराज भट्टको विकास प्रतिबद्धता: “हामी काम गर्छौं, काम देखाउँछौं”

हेमा भट्ट, फागुन ११, कैलाली – प्रतिनिधि सभा उम्मेदवार लेखराज भट्ट ले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै कृषि, रोजगारी, उद्योग र पर्यटनमा विशेष जोड दिनुभएको छ।
भट्टले कृषकहरूको आय वृद्धिका लागि भूमिहीनलाई लालपुर्जा वितरण, सिँचाइ विस्तार र ‘१ घर–१ धारा’ योजना अघि बढाउने बताउनुभयो। कृषि आधुनिकीकरण र मल उत्पादन केन्द्र स्थापना गरी ग्रामीण कृषि सुदृढ बनाइने लक्ष्य राखिएको छ।
उद्योग र रोजगारीमा हरैया विशेष व्यापार क्षेत्र, शीत भण्डारण सुविधा विस्तार र अत्तरीया–धनगढी औद्योगिक करिडोर निर्माण गरी नयाँ रोजगारी सिर्जना गर्ने योजना रहेको भट्टले उल्लेख गर्नुभयो।
पर्यटन र सांस्कृतिक क्षेत्रमा पनि गोदावरी धाम, नायल ताल संरक्षण र बुढीतोला केबलकार सञ्चालन मार्फत स्थानीय पर्यटन प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त भएको छ। भट्टले मतदातालाई “सूर्य” चिन्हमा मतदान गरेर काम देखाउने प्रतिवद्धता दिनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply