४२ वर्ष पुरानो राजघाट शिव मन्दिर संरक्षणमा नगरपालिकाको पहल, २ लाख सहयोग घोषणा

हेमा भट्ट, फागुन १३
कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ अन्तर्गत राजघाट प्रगति टोल, बलवान् सडक छेउस्थित ४२ वर्ष पुरानो शिव मन्दिर संरक्षण अभियानसँगै पुनः चर्चामा आएको छ। चार दशकदेखि ओझेलमा परेको धार्मिक आस्थाको केन्द्रलाई जोगाउन स्थानीयवासीले निरन्तर पहल गर्दै आएका थिए।

२०८२ मंसिरको पहिलो साता बलवान् सडकको अनुगमनका क्रममा कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा स्थलमै पुग्नुभएको थियो। नगरपालिका स्रोत–साधनबाट निर्माण सम्पन्न सडकले स्थानीय विकासमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै उहाँले सन्तोष व्यक्त गर्नुभयो। पैदलमार्गसहित स्तरोन्नति गरिएको सडक आसपासको जमिनको मूल्य वृद्धि हुनु विकासको प्रत्यक्ष संकेत भएको उहाँको भनाइ थियो। उहाँले स्थानीयलाई दीर्घकालीन सोचका साथ योजना निर्माण र सम्पत्तिको सदुपयोग गर्न आग्रह गर्नुभयो।
अनुगमनकै क्रममा स्थानीयवासीले नगर प्रमुख तथा वडा अध्यक्षलाई फूलमालासहित स्वागत गर्दै शिव मन्दिरको जीर्ण अवस्थाबारे जानकारी गराएका थिए। चार दशकसम्म पर्याप्त ध्यान नपुगेको मन्दिरको संरक्षण आवश्यक रहेको विषयमा स्थानीयले ध्यानाकर्षण गराएपछि नगर प्रमुख ओझाले मन्दिर संरक्षणका लागि नगरपालिकाबाट २ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

यससँगै केही दिनभित्रै सडकमा ग्राभेल हालेर थप गुणस्तरीय बनाइने, घलघले नालामा पुल निर्माण प्रक्रिया अगाडि बढाइने जानकारी पनि दिइएको छ।
नगर प्रमुखको प्रतिबद्धतापछि स्थानीयवासी उत्साहित बनेका छन्। सडक पूर्वाधारको स्तरोन्नति र धार्मिक सम्पदाको संरक्षणले टोलको समग्र वातावरण थप व्यवस्थित, सुरक्षित र आकर्षक बन्ने विश्वास व्यक्त गरिएको छ। स्थानीयले विकास र संरक्षणका कार्यलाई निरन्तरता दिन आग्रहसमेत गरेका छन्।

नगर प्रमुखद्वारा शिलान्यास सम्पन्न भएपछि त्यससम्बन्धी विस्तृत विवरण सार्वजनिक गरिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply