हेमा भट्ट, फागुन १७
कञ्चनपुर–२ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार माधव पन्त ले समृद्धि, समानता र न्यायसहितको दिगो विकासको स्पष्ट दृष्टिकोण सार्वजनिक गर्दै आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्। नेपाली कम्युनिष्ट पार्टी का तर्फबाट तारा चिन्हमा प्रतिस्पर्धा गरिरहेका पन्तले सत्यनिष्ठ नेतृत्व, इमानदार राजनीति र जनउत्तरदायी शासनलाई आफ्नो मूल प्रतिबद्धता बताएका छन्।
घरदैलो अभियान, अन्तरक्रिया र जनसंवादमार्फत उनले कञ्चनपुर–२ का नागरिकलाई विकासका समान अवसर, समावेशी प्रतिनिधित्व र पारदर्शी कार्यशैली सुनिश्चित गर्ने प्रतिवद्धता दोहोर्याएका छन्। “जनता नै पहिलो, विकास नै लक्ष्य” भन्ने नारासहित अघि बढेका पन्तले शिक्षा, स्वास्थ्य, रोजगारी सृजना, कृषि आधुनिकीकरण र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेका छन्।
उनका अनुसार युवालाई सीप र रोजगारीसँग जोड्ने, किसानलाई बजार र प्रविधिसँग जोड्ने तथा स्वास्थ्य र शिक्षामा गुणस्तरीय पहुँच विस्तार गर्ने योजना अघि सारिएको छ। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सुशासनको प्रत्याभूति उनका प्रमुख एजेण्डा हुन्।
स्थानीय मतदातासँगको संवादमा पन्तले नयाँ सोच, स्वच्छ छवि र उत्तरदायी नेतृत्वमार्फत कञ्चनपुर–२ लाई समृद्ध र आत्मनिर्भर बनाउने विश्वास व्यक्त गरेका छन्।
तारा चिन्हमा मतदान गरी इमानदार, पारदर्शी र जनमुखी नेतृत्वलाई साथ दिन मतदातासमक्ष अपिल गरिएको छ।
