काठमाडौँ, वैशाख २२ गते । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले ओमानलाई २५७ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २५६ रनको योगफल तयार पारेको हो। नेपालका लागि आरिफ शेखले विष्फोटक ब्याटिङ गर्दै अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गर्नुभयो । उहाँले २४ बलमा ४३ रनको योगदान दिनुभएको हो ।
भाइ आसिफ शेखले ९४ रनको सानदार पाली खेल्नुभयो । नेपालका लागि अर्जुन कुमालले ४८ रन जोड्दा दीपेन्द्र सिंह ऐरीले ३३ र गुलशन झाले १७ रन बनाउनुभयो। कप्तान रोहित पौडेल ९ रनमा आउट हुँदा नन्दन यादवले २ र सन्दीप लामिछानेले १ रन मात्र जोड्नुभयो । विनोद भण्डारी र करण केसीले भने खाता खोल्न सक्नु भएन ।
नेपाललाई सस्तैमा रोक्न ओमानका नदीम खानले तीन विकेट लिनुभयो भने सकिल अहमद र हसनैन शाहले दुईदुई विेकट हात पर्नुभयो ।
केही बेरमा ओमानले जवाफी ब्याटिङ गर्दैछ ।
