मधेस र कोशीको तराईमा तातो दिन हुने, यी स्थानमा पानी पर्ने सम्भावना

जेठ २० हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको छ ।

गएको चौबीस घन्टामा पूर्वदेखि सुदूरपश्चिमसम्म केही भूभागहरूमा हल्कादेखि मध्यम वर्षा भएका छन्।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान भने पानी परेको छैन।

दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा तराई भू-भागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ।

त्यस्तै हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मधेश प्रदेशमा तथा कोशी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको छ।

मंगलबार राति देशको हिमाली भू-भागमा साधारणतया बादल, पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र तराई भू-भागमा मुख्यतया सफा रहने छ।

कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भाग लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply