नेप्से ७ अंकले बढ्यो, कारोबार ४ अर्ब ४० करोड

भदौ ४ — साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ७.१७ अंकले बढेर २,६२९.४० विन्दुमा पुगेको छ।

ठूला कम्पनीको सेन्सेटिभ परिसूचक पनि १.८८ अंकले बढेर ४६२.८९ विन्दुमा पुगेको छ।

आज ३२३ कम्पनीका ९५ लाख ७६६ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार ४ अर्ब ४० करोड १४ लाख रुपैयाँ पुगेको छ।

कारोबारमा आएका १३ उपसमूहमध्ये ६ वटा बढे भने ७ वटा घटेका छन्। कुल १३२ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको घटेको र १३ कम्पनीको मूल्य स्थिर रहेको छ।

आज सर्वोत्तम पेन्ट्स, माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट र एनआईसी एसिया सेलेक्ट फन्डका लगानीकर्ता बढी लाभान्वित भए। कुमारी धनवृद्धि योजना, कुमारी इक्विटी फन्ड र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले भने मूल्य घट्दा घाटा बेहोरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *