असोज ५ गते । काठमाडौँको त्रिपुरेश्वर चोकमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेका अनुसार बसका चालकले आफैँ आगो लगाएका थिए । आगलागीमा चालक घाइते भएका छन् ।
घाइते चालकलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ । चालकले बसमा किन आगो लगाएको भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।
आगलागी भएको बस र चालकको थप विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन ।
