प्रदेश साँसदका छोरा बने सव इन्जिनियर

माघ १० धनगढी
बेलौरी नगरपालिकाले करार सेवाको सव इन्जिनियरको अन्तर्वार्तामा सरोज सिह विष्टलाई उत्तीर्ण गरेको छ । नगरपालिकाले बिहीबार (आज) लिखित परीक्षा गरी दिउँसो अन्तर्वार्ता गरी नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार महिमा चौधरी र सुरज कुँबर वैकल्पिकमा छन् ।

सव इन्जिनियर उत्तीर्ण विष्ट बेलौरी नगरपालिका ६ का हुन् । उनी काँग्रेसका सुदूरपश्चिम प्रदेश साँसद दिवान सिह विष्टका छोरा हुन् । विष्ट प्रदेश सभा अन्र्तगको विधायन समितिमा सभापति छन् ।

नगरपालिकलो गत मंसिरमा एक सव इन्जिनियर र ७ कम्प्यटुर सहायक पद करार सेवाबाट पूर्तिका लागि विज्ञान गरेको थियो । त्यस अनुसार विज्ञापन प्रकाशित गरिएको दुई महिनापछि बिहीबार एकै दिन लिखित र अन्तवार्ता गरी छनौट गरिएको छ । माघ ७ गते विष्ट सहित १३ जनाको संक्षिप्त सूची सार्वजनिक गरिएको थियो ।

गत मंसिर ६ गते नगरपालिकाले सव इन्जिनियर र सात जना कम्प्युटर सहायक पद करार सेवामा पदपूर्तिका लागि विज्ञापन खोलेको थियो ।

बेलौरीका मेयर पोतिलाल चौधरी र प्रमुख प्रशासकीय अधिकृत गणेश सिह ऐरी दुबै कार्यालय बाहिर छन् । उनीहरु दुबै काठमाडौं गएका छन् । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत झपिराज ओझाले लिखित र अन्तवार्ता गरी सव इन्जिनियरमा छनौट गरेका छन् ।

निमित्त प्रमुख प्रशसकीय अधिकृत ओझाले माघ ७ गते संक्षिप्त सूची सार्वजनिक गरेका थिए । संक्षिप्त सूची सार्वजनिक भएपछि सव इन्जिनियर छनौटमा धाँधली हुने व्यापक आशंका गरिएको थियो ।

सत्तारु्ढ दलका केही नेताले सोमबार निमित्त प्रमुख प्रशासकीय अधिकृत ओझालाई कार्यालयमा भेटेर कर्मचारी छनौट निष्पक्ष गर्न आग्रह गरेका थिए ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत ओझाले पनि मेयर चौधरीको निर्देशनमा पदपूर्ति अघि बढाएका थिए । मेयर चौधरी दोस्रो कार्यकाल बेलौरीको मेयर छन् ।

कर्मचारी छनौटका लागि ओझालाई कैलालीको बर्दगोरिया गाउँपालिकाबाट काज फिर्ता गरी ल्याएको स्रोतको दावी छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत ओझा बेलौरीबाट काजमा बर्दगोरिया गएका हुन् । करार सेवाका सव इन्जिनियर र सहायक कम्प्युटर अपरेटर पदपूर्तिका लागि उनको काज फिर्ता गरिएको व्यापक चर्चा छ ।

सव इन्जिनियरको लिखित परीक्षा गरिए पनि सहायक कम्प्यटुर अपरेटरको अझै अनिश्चित छ । सहायक कम्प्यटुर अपरेटरमा १ सय २९ जना संक्षिप्त सूचीमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply