केशव थापा
कञ्चनपुर, १२ भदौँ
गत आइतरदेखि राजधानीमा कञ्चनपुर सहित देशभरका उखु किसान आन्दोलित भएका छन ।
सरकारले उखु किसानलाई दिर्दै आएको अनुदान कटौती गरेपछि उखु किसान पाँचदिनदेखि सडकमै आन्दोलित भएका हुन । उखु नै बोकेर राजधानी पुगेका किसानहरुले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार, एमालेकै नेता विष्णू पौडेल अर्थमन्त्री भएकै बेला अनुदान कटौती गरेर किसानमाथि अन्याय गरेको बताएका छन ।
नेपाली काँग्रेस, नेकपा एमाले नेतृत्वको वर्तमान सरकारले चालु आर्थिक बर्ष ०८२÷०८३ देखि अनुदान कटौती गरेपछि काठमाण्डौँ केन्द्रीत किसानको आन्दोलनमा सत्ताधारी र विपक्षी दलका नेताहरुले साथ सर्मथन जनाएका छन ।
सत्ताधारी नेपाली काँग्रेस र प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्र सुदूरपश्चिम कञ्चनपुरका शिर्ष नेतादेखि कार्यकर्तातहसम्मै आन्दोलनमा साथ सर्मथन जनाएका हुन । किसानको माग जायज भएकाले सरकारले कटौती गरेको अनुदान निरन्तरता दिनुपर्ने नेताहरुले बताएका छन ।
सत्ताधारी काँग्रेसका नेता समेत रहेका पुर्वमन्त्री नेता एनपी साउद, प्रमुख पतिपक्षीय दल नेकपा माओवादी सुप प्रदेशका इन्चार्ज एव पुर्वमन्त्री गिरीराजमणी पोखरेल, माअ‍ोवादी नेतृ एव पुर्वमन्त्री बिना मगर, काँग्रेसकै नेता संविधान सभा सदस्य, सुप प्रदेशका सांसद दिवान सिह विष्ट, काँग्रेस क्षेत्र कञ्चनपुर क्षेत्र १ का सभापति गोपी प्रशाद उपाध्याय सहितका सत्ताधारी काँग्रेस,विपक्षी दल माओवादीका नेता, कार्यकर्ताहरुले आन्दोलनमा ऐक्यबद्धता जाहेर गरेका छन ।
अनुदान कटौती बिरुद्ध गृह जिल्लाका किसान पनि आन्दोलनमा सहभागि भएकाले उनीहरुको न्याय हक अधिकारका लागि आन्दोलनमा होमिएको नेताहरुले जनाएका छन ।
विगतको सरकारले उखु किसानको हकहित प्रर्बद्धनका लागि प्रतिक्विन्टल ७० रुपैया अनुदान दिर्दै आएको थियो । नगदे बालीको रुपमा रहेको उखु अनुदान कटौती गरिएको भन्दै आन्दोलमा होमिएका किसानले अहिलेको सरकारले अन्याय गरेको दुखेसो पोखेका छन । गत विगतका बर्षको अनुदान र चालु आर्थिक बर्षमा पनि अनुदान निरन्तरताको माग अघि सारेका छन । पुर्वमन्त्री समेत रहेका सत्ताधारी काँगेस नेता एनपी साउदले किसानलाई दिर्दै आएको अनुदान कटौती गर्न नहुने र काटेको अनुदान निरन्तरता जोडदिएका छन ।
प्रमुख प्रतिपक्षीय दलक माओवादी केन्द्र सुप प्रदेशका इन्चार्ज एव पुर्वमन्त्री गिरीराजमणी पोखरेलले स्वदेशमै पौरख गरेर आफ्नो मात्रै नभई सिङ्गो राष्ट्रका लागि योगदान पु¥याउँदै आएका किसानमाथि सरकारले गरेको निर्णय सच्याउनुपर्ने बताए ।
प्रमुख प्रतिपक्षीय दलकी नेता एव पुर्वमन्त्री बिना मगरले अहिलेको सरकारले किसानमाथि अन्याय गरेकोे बताए । स्वदेशी बस्तुकोे उत्पादन गरेर विदेशमा चिनी निर्यात गरेर राष्ट्रिय आम्दानीकोे साटो अनुदान कटौती नगरेर किसानमाथि अत्याचार गरेको बताए । सरकारले उखु किसानका माग सम्बोधन नगरे किसान आन्दोलन काठमाण्डौँमा मात्रै होईन राष्ट्रव्यापी बनाउनुपर्नेमा जोडदिए । किसानकोे हितमा निर्णय सच्याउन समेत सरकारसंग आब्हान गरेकी छिन । सत्ताधारी काँग्रेस नेता एव सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिह विष्टले किसानको हकहितका लागि निरन्तर साथ सर्मथनमा हुने बताए । कृषिका अन्य क्षेत्रतर्फ अनुदान चरम दुरुपयोग भएपनि उखुमा सदुपयोग भएको त्यहीपनि काटिएको भन्दै उखु किसानले किसानमारा सरकारको संज्ञा दिएका छन । कञ्चनपुरका युवा उखु किसान हरेन्द्र विष्टले सरकारले किसानमाथि गरेको अन्याय नसच्याउँदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन । विगतका सरकारले किसान प्रर्बद्धनका लागि अनुदान दिन हुने तर अहिलेकोे सरकारले अनुदान कटौती गरेर अन्याय गरेको हुँदा न्याय नपाउँदासम्म सडक नछाडने उद्घोष गरेका छन । उखु किसानकोे अनुदान कटौती होईन, सरकारका प्रधानमन्त्री, मन्त्री, सांसद, मुख्यमन्त्री, जनप्रतिनिधीका सचिवालयका राखिएका अनावश्यक कर्मचारी कटौती गर्न सुझाव दिएका छन । ‘हामीले सरकारसंग अन्य कोषबाट देउ भनेका छैनौँ, ‘उनले भने, ‘सरकार आफैले अनुदान दिने, आफै कटौती गर्ने हक छैन ।’ अनुदान कटौती भएपछि यस अघि जिल्ला प्रशासन कार्यालयहरु मार्फत माग सम्बोधनका लागि ज्ञापन पत्र बुझाएपनि किसानका कुरा समेत सुन्न सरकार तयार नभएपछि सरकार भएकै ठाँउमा गएर आन्दोलन गरिरहेको उनीहरुले बताएका छन । उखु उत्पादक हकहित सरक्षण समिति कञ्चनपुरका कोषाध्यक्ष चेतन कुमार राईले सरकारले अन्याय गरेपछि आफुहरु बाध्य भएर आन्दोलनमा उत्रिएको बताएका छन । उनले यस अघि उखु उत्पादक हकहित सरक्षण समितिका अध्यक्ष हरि चन्द(ठकुरी) नेतृत्वमा प्रशासनमा ज्ञापन पत्र बुझाएपनि सरकारले किसानका समस्यामा वास्ता नराखेपछि बाध्यताले जिल्लाबाट राजधानी आन्दोलनमा उत्रिएको बताए ।
उखु किसानले अन्य क्षेत्रमा दिदै आएको अनुदान भन्दा उखु उत्पादनकै आधारमा दिदै आएको अनुदान प्रभावकारी भएको र यसमा किसान आत्मनिर्भरदेखि राज्यलाई नै लाभ भईरहेका बेला सरकारले अनुदान कटौती गरेर फेरी नेपाली किसान, उद्योग धरासायी बनाउने तर्फ उद्यत रहेको दुखेसो पोखका छन । उखु किसान महासंघका संयोजक श्यामबाबु रायले कञ्चनपुरदेखि झापासम्मका हजारौँ किसान भेला भएर थालेको आन्दोलनबाट माग पूरा नभए थप किसान काठमाडौं उतारेर आन्दोलन गरिरहेको बताए ।
सरकारले विगतदेखि नै प्रदान गर्दै आएको प्रतिक्विन्टल ७० रुपैयाँ सरकारी अनुदान चालू आर्थिक वर्ष ०८२÷०८३ बाट कटौती गर्ने निर्णय गरेको छ भने गत आव ०८१÷८२ का लागि पनि प्रतिक्विन्टल ३५ रुपैयाँका दरले मात्रै भुक्तानी दिने मन्त्रिपरिषद्बाट निर्णय भएको छ । गत आवका लागि उखुको समर्थन मूल्य निर्धारण गर्दा उद्योगीले पाँच सय ८५ रुपैयाँका दरले भुक्तानी गर्ने र सरकारले ७० रुपैयाँ अनुदान दिने निर्णय मन्त्रिपरिषद्ले नै निर्णय गरेको थियो । तर मन्त्रीपरिषद्बाटै भएका निर्णय उल्टाउन नहुने जानकारहरको भनाई छ । कृषि तर्फको अनुदान सदुपयोगदेखि बनदाम नभएको उत्पादनका आधारमा दिदै आएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply