राजपुरमा ‘लक्ष्मी कलेक्सन’ सञ्चालनमा, मन्त्री डगौराले गरे उद्घाटन

हेमा भट्ट, असाेज १७
कैलाली – धनगढी उपमहानगरपालिका-१३ राजपुरमा ‘लक्ष्मी कलेक्सन’ सञ्चालनमा आएको छ। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री खुसीराम डगौरा थारूले आज २०८३ असोज १७ गते रिबन काटेर कलेक्सनको औपचारिक उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा स्थानीय जिम्मेवार व्यक्तित्व, व्यवसायी, कलाकार तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। उद्घाटनसँगै आजैदेखि लक्ष्मी कलेक्सनमा नियमित किनबेचसमेत सुरु भएको सञ्चालकले जनाएको छ।

राष्ट्रियस्तरमा परिचित रानाथारू समुदायकी कलाकार लक्ष्मी रानाको पहलमा सञ्चालनमा आएको लक्ष्मी कलेक्सनमा रानाथारू समुदायका मौलिक पहिरन तथा सांस्कृतिक पहिचान झल्काउने सामग्रीलाई विशेष प्राथमिकता दिइएको छ। यहाँ रानाथारू पोसाक, झगुली, विभिन्न प्रकारका ब्यागलगायत सामग्री उपलब्ध छन्।

यससँगै लेडिज, जेन्स तथा बालबालिकाका कपडा, जुत्ता, चप्पल, स्कुल ब्याग लगायत दैनिक आवश्यकताका सामग्रीसमेत सुपथ मूल्यमा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

लक्ष्मी कलेक्सनले स्थानीयस्तरमा आवश्यक कपडा तथा सामग्रीको सहज उपलब्धतासँगै रानाथारू समुदायको मौलिक कला, संस्कृति र पहिरनको संरक्षण तथा प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। स्थानीय उत्पादन, मौलिक पहिरन र व्यवसायलाई एउटै स्थानबाट प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालनमा आएको कलेक्सनले राजपुर क्षेत्रको व्यापारिक गतिविधिमा समेत थप ऊर्जा दिने विश्वास गरिएको छ।

उद्घाटनका अवसरमा प्रमुख अतिथि मन्त्री डगौराले लक्ष्मी कलेक्सनको सफलताको शुभकामना दिँदै स्थानीय संस्कृति र मौलिक पहिचानसँग जोडिएको व्यवसाय सञ्चालनमा ल्याएकोमा धन्यवाद व्यक्त गरेका थिए। उनले नयाँ व्यवसायले स्थानीय स्तरमै रोजगारी तथा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

लक्ष्मी कलेक्सनकी सञ्चालक प्रो. राजकुमारी रानाले ग्राहकको आवश्यकता र रोजाइअनुसार गुणस्तरीय सामग्री सुपथ मूल्यमा उपलब्ध गराउने बताइन्। उनका अनुसार कलेक्सनमा विशेषगरी रानाथारू समुदायका मौलिक पोसाक तथा सामग्रीसँगै महिला, पुरुष र बालबालिकाका लागि आवश्यक विभिन्न सामग्री उपलब्ध रहनेछन्।

स्थान:धनगढी-१३, राजपुर, कैलाली सम्पर्क:९८१५६२०८७९
लक्ष्मी कलेक्सन-मौलिक पहिरनदेखि आधुनिक फेसनसम्म, एउटै स्थानमा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *