रोहितको अर्धशतक, करणको आक्रामक ब्याटिङले नेपालले बनायो २६३ रन

असोज २७ गते । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले २६३ रन बनाएको छ। अल अमेरत क्रिकेट ग्राउन्डमा टसपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै घरेलु टोलीसामु २६४ रनको लक्ष्य प्रस्तुत गरेको हो।

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६१ रन बनाउनुभयो। उहाँले ६७ बलमा तीन चौका र एक छक्का प्रहार गर्नुभयो। करण केसीले आक्रामक ब्याटिङ गर्दै १६ बलमा ४० रन जोड्नुभयो भने अर्जुन कुमालले पनि ४० रन बनाउनुभयो।

त्यस्तै, बसिर अहमद र ईशान पाण्डेले समान ३७ रनको योगदान दिनुभयो। दीपेन्द्रसिंह ऐरीले २२ रन बनाउनुभयो।

ओमानका बलरमध्ये शाह फैसल, शकील अहमद र करण सोनाभालेले समान दुई–दुई विकेट लिनुभयो। हस्नेन शाहले एक विकेट हात पार्नुभयो।

नेपालले दिएको लक्ष्य पछ्याउन ओमान अहिले जवाफी ब्याटिङमा उत्रिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *