नेप्से ४ अंकले बढ्यो, कारोबार रकम पनि उकालो

असोज २७ । साताको कारोबारको दोस्रो दिन मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.१२ अंकले उकालो लाग्दै २ हजार ५९९.९३ विन्दुमा बन्द भएको हो। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

सोमबार ४ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको बजारमा मंगलबार ४ अर्ब ७३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। दिनभर ३५१ वटा धितोपत्रका १ करोड ३५ लाख ५३ हजार ९७ कित्ता सेयर कारोबार भएका थिए।

मंगलबार १०४ कम्पनीको सेयर मूल्य बढ्दा १६७ कम्पनीको घटेको छ भने सात कम्पनीको मूल्य स्थिर रह्यो। सगरमाथा जलविद्युतको सेयर मूल्य सर्वाधिक १२.४४ प्रतिशतले बढेर प्रतिकित्ता ४४३ रुपैयाँ पुगेको छ। नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाइ मूल्य पनि ४.६२ प्रतिशतले बढेर ९ रुपैयाँ २८ पैसा कायम भएको छ।

यस दिन स्नो रिभर्सको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले घटेर प्रतिकित्ता ८४९ रुपैयाँ ४० पैसा कायम भएको छ। धौलागिरी लघुवित्तको मूल्य १२.९७ प्रतिशतले घटेर प्रतिकित्ता १ हजार ९७ रुपैयाँमा झरेको छ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो पहिलो स्थानमा रह्यो। कम्पनीको प्रतिकित्ता ३०१ रुपैयाँका दरले ३६ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो। माउन्टेन इनर्जीको २५ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भयो। कम्पनीको प्रतिकित्ता सेयर मूल्य ६६३ रुपैयाँ थियो।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये पाँच समूह बढे भने आठ समूह घटे। जीवन बीमा समूह सबैभन्दा धेरै १.७७ प्रतिशतले उकालो लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *