तिहारका लागि मुस्ताङबाट तीन हजार भेडाच्याङ्ग्रा बजारमा

मुस्ताङ, कात्तिक १८ गते । तिहारलाई लक्षित गरी मुस्ताङबाट करिब तीन हजार भेडाच्याङ्ग्रा बजारमा पठाउने तयारी गरिएको छ। सोमबारसम्म एक हजार ३०० भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी बिक्रीका लागि बजार पठाइसकिएको छ।

कृषि तथा पशु विकास कार्यालय मुस्ताङका प्रमुख डा. लालमणि अर्यालका अनुसार भेडाच्याङ्ग्रा खरिद गर्न म्याग्दी, बागलुङ, पोखरा र काठमाडौँका व्यापारी मुस्ताङ पुगेका छन्। यस वर्ष उत्पादन बढेकाले दसैँ–तिहारमा व्यापारसमेत बढेको उहाँले बताउनुभयो।

किसानले तौलअनुसार एउटा च्याङ्ग्रा ३५ हजारदेखि ४० हजार रुपैयाँसम्ममा बिक्री गरिरहेका छन्। दसैँमा रोज्जा च्याङ्ग्रा भने प्रतिगोटा ५२ हजार रुपैयाँसम्ममा बिक्री भएको थियो।

दसैँमा मुस्ताङसहित डोल्पा, मुगु र हुम्लाबाट ल्याइएका १३ हजार ९५० भेडाच्याङ्ग्रा बिक्री हुँदा ३६ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *