सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

कात्तिक १८ गते । स्थानीय बजारमा बुधबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ६५५ रुपैयाँ कायम भएको छ।

मङ्गलबार सुन प्रतितोला दुई लाख ७५ हजार रुपैयाँ र चाँदी तीन हजार ६७५ रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *