बहाल कर बुझाउन दशरथ रंगशाला, वीर अस्पताल र क्याम्पसहरुलाई महानगरको पत्र

काठमाडौँ । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पससहित वीर अस्पताल र दशरथ रंगशालालाई बहाल कर बुझाउन ताकेता गरेको छ ।

महानगरले शंकरदेव, रत्नराज्य लक्ष्मी (आर.आर), नेपाल ल, नेपाल कमर्स र सरस्वती बहुमुखी क्याम्पसले आफ्नो क्षेत्रभित्र बहालमा लगाई आम्दानी गरेको तर बहाल कर नतिरेको भन्दै कर तिर्न आग्रह गरेको हो ।

पटक-पटक बहाल कर तिर्न ताकेता गरे पनि नबुझाएको भन्दै महानगरपालिकाले पत्र काटेर १० दिनभित्र तिर्न भनेको हो । महानगरले पत्र प्राप्त गरेको मितिदेखि १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा नियमानुसारको बहाल कर र सोको जरिवनासहित बुझाउन अनुरोध गरेको हो ।

तोकिएको समयभित्र बहाल कर नबुझाए महानगरपालिकाको राजस्व ऐन,२०७५ बमोजिम कारबाही गरी बाँकी कर असूलउपर गर्न आवश्यक प्रक्रिया बढाइने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply