बिदाका दिनमा पनि जनसेवाका लागि जिल्ला प्रशासन

शनिबार तथा आइतबार प्रजातन्त्र दिवसको सार्वजनिक बिदा दिन पनि काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यलयले सेवा प्रवाह गरेको छ । झन्झटिलो र अत्यासलाग्दो सेवा प्रणलीका कारण असहज महसुस गररिहेका सेवाग्राहीलाई बिदाको दिनसमेत सेवा प्रवाहको योजना बनाइएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो ।
लगातार दुई दिन परेको सार्वजनिक बिदामा पनि यथासक्य सेवा दिने निर्णयसहित सेवाग्राहीलाई गत शुक्रबार नै शनिबार र आइतबारका लागि टाइम टोकन वितरण गरिएको थियो ।

आपूmले पाएको टाइमटोकन अनुसार तोकिएको समयअनुसार सेवाग्राही बिदाको दिन पनि सेवा लिन आएका थिए । बिदाको दिन पनि सहज तरिकाले सेवा लिन पाउँदा ै खुसी हुनाका साथै कार्यालयप्रति आभारी भएको सेवाग्राही शिवहरि खतिवडाले बताउनुभयो ।

सेवाको माग धेरै र उपलब्धता थोरै भएकाले नागरिक मैत्री सेवा प्रवाह गर्न बैंक काउन्टरसमेत बिदाको दिनमा सञ्चालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलले बताउनुभयोे । कार्यालयले टाइमकार्ड लागू गरेसँगै राहदानीका लागि फारमसमेत कार्यलयका कर्मचारीले नै भरिदिने गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply