कञ्चनपुरको बेलौरीमा लागु औषध बिरुद्धको महाअभियान शुरु भएको छ

सीमावर्ती सुदूरपश्चिम कञ्चनपुरको बेलौरीमा लागु औषध बिरुद्धको महाअभियान शुरु भएको छ । शुक्रबारदेखि बेलौरी नगरपालिकामा लागु औषध बिरुद्धको महाअभियान शुरु भएको हो ।भारतसग सीमा जोडिएको बेलौरीमा पछिल्ला बर्षहरुमा लागु औषध ओसारपसार, कारोबार एव सेवनका घटना बढ्दै गएपछी बेलौरी स्थानीय सरकारले लागु औषध बिरुद्धको अभियान शुरु गरेको छ ।लागु औषध बिरुद्धको महाअभियान उद्घाटन समारोहको अध्यक्षतामा समेत ग्रहण गरेका बेलौरी नगरका मेयर पोतिलाल चौधरीले समाजमा विकरात रुपमा देखिएको लागु औषध नियन्त्रणका लागि अभियान थालिएको बताए । मेयर चौधरीले भारतसंग प्रत्यक्ष सीमा जोडिएको बेलौरीमा लागु औषधका कुनैपनि कारोबार सेवन एव ओसारपसार नियन्त्रणका लागि अभियान थालिएको बताए । ‘आजदेखि हामीले अभियान शुरु गरेका छौँ, ‘मेयर चौधरीले भने, ‘बेलौरीका १० वटै वडा र सबै बस्तीहरुमा सरोकारवालासग समन्वय गरेर थप बस्ती स्तरमा सचेतनामुलक कार्यक्रम गछौँ ।’हालसालकै बर्षहरुमा बेलौरीका ९१जना स्थानीय युवा लागु औषधको मुद्दा खेपिरहेको र बेलौरी क्षेत्रको भूगोलबाट झण्डै २सय जना पक्राउ गरिएको बताए । ‘भावि दिनमा लागु औषधको थप भयाभह अवस्थाबाट जोगिन हामीले समयमै अभियान शुरु गरेका छौँ, ‘मेयर चौधरीले भने, ‘लागु औषध नियन्त्रण एक निकायबाट मात्रै सम्भव नहुने भएकाले समाजका सबै तहतप्ताबाट हुने विषय भएकाले हामीले अभियान नै संचालन गरेका छौँ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply