सिता सामुदायिक वनकाे पर्यापर्यटन प्रर्वद्वनका लागि अध्ययन अवलोकन भ्रमणको यात्रा स्मरण

रैकवार खबर
३ साउन २०८१
धनगढी : कृष्णपुर नगरपालिका वडा नं.९ मा रहेको सिता सामुदायिक वन उपभोक्ता समुह २०८१ साउन ३ गते आ.व. २०८०/०८१को सिता सामुदायिक वन उपभोक्ता समुहको कार्य समितिले अवसरलाई भरीपूर्ण प्रयोग गर्ने कोसिस गर्यो । त्यसैले २०८१ साउन ३ गते विहान ८:३० बजे समूहका अध्यक्ष पुनाराम चौधरीको नेतृत्वमा सीता सामुदायिककाे प्राङ्गणबाट कञ्चनपुर, कैलाली, बर्दिया, बाँके हुदै सुर्खेत सम्म जाने योजना अनुसार अध्ययन अवलोकन टोली अघि बढेको थियो ।

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2621440;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 46;

सामुदायिक वनकाअध्यक्ष पुनाराम चौधरीको ब्यबस्थापकीय संयोजकत्वमा यात्रा तयभएको थियो । यस् सिता सामुदायिक वन उपभोक्ता समुहमा ३ सय ३६ घरधुरीहरु आवद्ध रहेका छन् । सामुदायिक वन उपभोक्ता समुहमा निवार्चीत कार्यसमिति,लेखा समिति तथा अनुगमन समिती ,सल्लाहकार,पत्रकार लगाएत ३६ जनाको टोली उक्त अध्ययन अवलोकन भ्रमणमा निस्केको थियो ।
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2621440;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 49;

विहान ८.३० बजे सीता सामुदायिक वन उपभोक्ता समुहकाे प्राङ्गणबाट शुरुभएको यात्रा ९.३० मा सुदूरपश्चिमकाे नमुना शहर धनगढी हुदै ९.४५ मा अत्तरिया बजार पुगे अत्तरियाको सफा र फराकिलो बजार हुदै बस् भित्र नाचगान गर्दै ११:०८ मा कैलालीको चिसापानीमा रहेको लुक होटेलमा खाना खाएर १२.३८ मा त्यहांवाट अघि बढेको थियो । केही साथीरहरू, महिला दिदीबहिनी कर्णाली पुलको आनन्द लिदै रमाइरहेका थिए । यात्रा अगाडि बढ्यो १.३५ दिउसो बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वार बर्दिया पुगे केहि वेर अवलोकन र जानकारी लिन टाेली निकुञ्जकाे प्रवेशद्वार भित्र प्रस्थान गर्छ।
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2621440;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 49;

बर्दिया जिल्लाका कर्णाली र बबई नदीका केही भाग समेत समेटेको यो निकुञ्ज तराईका राष्ट्रिय निकुञ्जहरूमध्ये सबैभन्दा ठूलो हो । यस निकुञ्जको मध्यवर्ती क्षेत्र वि.सं. २०५३ मा घोषणा भएको थियो । शुरुमा ३२७ वर्ग किलोमिटर क्षेत्रफल समेटेर घोषणा भएको मध्यवर्ती क्षेत्र सन् २०१० मा १८० वर्ग किलोमिटर थप गरी सखुर्ते तर्फ विस्तार गरिएको छ । निकुञ्ज अन्तर्गत चुरेको माथिल्लो भागतिर केही सल्लाका जंगलहरू छन् भने तराईको धेरैजसो भाग सालको जंगलले ढाकेको र बीच बीचमा घाँसे मैदान रहेको छ । पाटे बाघ, एक सिंगे गैंडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गा र जंगली हात्ती लगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु यसनिकुञ्जमा पाइन्छन् । जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन् ।
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 7864320;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 47;

यस निकुञ्जमा हालसम्म ४३८ थरी रैथाने र बसाई सरी आउने चराहरूको अभिलेख गरिएको छ । पर्या पर्यटनको प्रचुर सम्भावना रहेको यस निकुञ्जमा वर्षेनी पर्यटकको संस्था बढिरहेको छ।अवलोकन पश्चात् यात्रा अगाडि बढछ बाँसगढी बर्दिया हुदै ४:२४ बजे कोहलपुर चौराहा बजार हुदै बाँकेको गाभर होमस्टे घर नम्बर १ मा पुगियो पुग्नासाथ अतिथि संस्कार गरिएको थियोे । गाभर हाेमस्टे का अध्यक्ष कृष्ण चौधरीले प्रकृति, संस्कृति र कृषिमा आधारितका विशेषज्ञता बारे जानकारी यसरी गराए होमस्टे सञ्चालकलाई मात्रै होइन, गाउँका अन्य स्थानीयलाई पनि यसले फाइदा पु¥याएको जानकारी गराए, गाउँमा फलाएका तरकारी बिक्रीका लागि बजार लैजानु परेको छैन। होमस्टेमा नै तरकारी, कुखुरा, दुना टपरी बिक्री हुने गर्छ। यसबाट स्थानीयले गाउँमै आर्थिक उपार्जन गर्न सफल भएको बताए । होमस्टेको सुरुवात भएसँगै यहाँ पुग्नका लागि सडक निर्माण भयो। हिजोका दिनमा गाभर भ्यालीको पहिचान थिएन, अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रसम्म आफ्नो पहिचान बनाउन सफल भएको चौधरी बताउँछन् ।
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 39;

चिसापानीमा अवस्थित गाभर भ्यालीको डाँडामा गोलाकार बस्ती, बीचमा खेतीयोग्य जमिन, एकान्त ठाउँ, स्वच्छ र रमणीय वातावरणले जोकोहीको मन लोभ्याउँछ। झन् चराहरुको चिरबिर आवाजले वातावरण रमाइलो बनाउँछ। केही दूरीमै जंगली जनावरहरू देख्न पाइन्छ। रातमा विभिन्न जंगली जनावरहरू बस्ती नजिक पनि आउने गरेका छन्। गर्मीयामको सुरुवातसँगै गर्मी छल्नका लागि पनि गाभर भ्याली पुग्नेको संख्या बढ्दै गएको उनी बताउँछन् । यहाँ थारू, मुगालीलगायतका होमस्टे सञ्चालनमा आएका छन्। बिदाका दिनमा होमस्टे खचाखच भरिन्छन्। पारिवारिक जमघटदेखि सानाठूला बैठक तथा कार्यक्रमहरु पनि होमस्टेमा भइरहेका छन्। होमस्टेमा पर्यटकको इच्छानुसार थारू नाच, देउडा नाच, पञ्चेबाजालगायतका नाच पनि देखाउने गरिन्छ। थारु खानाका परिकारमा ढिक्री, अनदीको भात, बरिया, कचालु, सिद्रा, सिंकी, घोंघी, गंगटा, परेवाको मासु, लोकल कुखुराको मासु, झिंगे माछा, निगार, अनदीको रोटीलगायत छन्। त्यस्तै मुगाली खानाका परिकारमा मकैको पुरी, कोदोको रोटी, जुम्ली मार्सी चामलको भात, कोदोको ढिँडो, सिस्नुको तरकारी, जडीबुटीको चिया, जडीबुटीको मसलालगायत रहेको ढुक्कसँग बताउँछन् । यहाँ पुग्ने हरेक पर्यटकलाई होमस्टेअनुसार थारु र मुगाली समुदायमा आधारित स्वागत सत्कार गरिन्छ। अर्गानिक खाना र आरामदायी बसाइँका साथै पारिवारिक आतिथ्यता दिइन्छ। बस्नका लागि शौचालयसहितका कोठा बनाइएको छ।

परम्परागत शैलीको तालिम हलको व्यवस्था छ।
बाँके राष्ट्रिय निकुञ्जलाई जिम्मेवार बाघ पर्यटनको गन्तव्य बनाउन सहयोग गर्ने मुख्य उद्देश्यले होमस्टे सञ्चालन गरिएको गाभर भ्याली होमस्टे एसोसियसन अध्यक्ष कृष्ण चौधरी बताउँछन्। साथै समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक विकास गर्ने, संरक्षण र पर्यापर्यटनबीचको सम्बन्धलाई जोड्ने, यस क्षेत्रलाई पर्यापर्यटनको प्रोडक्टका रुपमा विकास गर्ने उद्देश्य रहेको उनको भनाईछ उनले होमस्टेले सामुदायिक समृद्धि ल्याएको बताए।

रारा, मानसरोवर आवतजावत गर्न, बाँके, बर्दिया, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्न र स्वर्गद्वारी दर्शन गर्न जाने पर्यटकका लागि बसोबासको रुपमा गाभर भ्याली तिब्र रुपमा विकास हुँदै आएको बताउँछन् । शान्त वातावरण तथा कम खर्चमा जैविक खानपानसहितको बसोबासको रुपमा प्रयोग गर्न सकिने उनी बताउँछन् । अहिले गाभर भ्याली सामुदायिक हाेमस्टे बाँके सुविधा गाउँ भ्रमण गर्दा सस्तोमात्र होइन, रमाइलो पनि हुन्छ । ‘होमस्टे’ सांस्कृतिक संगठनका रूपमा प्रचलित अंग्रेजी शब्द हो । जसले भ्रमण अथवा यात्राक्रममा ‘ग्रामीण भेगका घरमा बास बस्न उतिकै आनन्द दिन्छ । यसले ग्रामीण क्षेत्र भ्रमणमा जाने पर्यटकका लागि स्थानीय खाना परिकार, रहन सहनसहित घरघरमा खाने, बस्ने व्यवस्था समेत रहेकाले । यसलाई परम्परागत संस्कृतिको आधुनिक रुप पनि मान्न सकिन्छ । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र बैजनाथ गाउँपालिकाको पर्यापर्यटकीय क्षेत्रमा पर्ने गाभर भ्यालीमा पर्यटकहरुको आकर्षक बढ्दै गएको छ ।

चिसापानीस्थित गाभर भ्याली होमस्टे पर्यटकीय गन्तव्यकारूपमा विकास भएको स्पष्ट देख्न पाउदा सीता सामुदायिक वनका अध्यक्ष पुनाराम चौधरी लगायत सम्पूर्ण टिमले बास्तबमा हेर्न र केही अनुभव लिनसकिने बताए । गाभर भ्याली वरिपरि निकुञ्ज क्षेत्र भएकाले पैदलयात्रा र वन्यजन्तु अवलोकनका लागि यो क्षेत्र नमुनाकोरुपमा समेत चिनिदै गएको गाभर भ्यालीका स्थानियले बताउँछन् ।
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 7864320;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 46;

गाभर भ्याली सामुदायिक हाेमस्टे पुगेर अलगअलग स्थानका छुट्टाछुट्टै वास बस्ने व्यवस्था मिलाएको थिए । ४ गते बिहिवार बिहान ६.२० बजे सुर्खेतको लागि यात्रा शुभारम्भ गर्यो । बाँसगढी बबई, बर्दिया हुँदै ७.१५मा बबई बजार पुगेको थियो डायमण्ड हाेटलमा चिया नास्ता पश्चात् यात्रा अगाडि बढ्यो । सुर्खेतको छिन्छु हुदै ९:५५ सुर्खेत देउतीबज्यै मन्दिर वीरेन्द्रनगर सुर्खेत पुगि त्यहांकाे मुर्ति  लगाएतका क्षेत्रको वाहिरी अवलोकन गरियो । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रख्यात धार्मिक स्थल हो गंगामाला देउती बज्यै मन्दीर । देउती बज्यै मन्दिरको इतिहास सुर्खेतमा बसोवास गरिरहेका पुरानो राजी जातिसँग जोडिएको छ । देउती बज्यैको दर्शनले मनोकांक्षा पूरा हुने जनविश्वास रही आएको छ । त्यस कारणले गर्दा देउती बज्यै मन्दीरमा दैनिक सयौँको भिड लाग्ने गर्दछ ।
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2621440;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 48;

सुर्खेतमा बसोबार गर्दै आएको पुरानो जाती राजीले गंगामा जाल खेल्न जाँदाँ देउता भेटीएको कारणले गर्दा गंगामाला देउती बज्यै नाम रहेको मन्दीरका मुल पुजारी तथा मन्दीरका संस्थापक जनक राजी बताउँछ । साथै बुलबुले ताल १०:१२मा पुगे यो बुलबुले ताल सुर्खेत वीरेन्द्रनगरको पहिचान हो प्राकृतिक सौन्दर्यले भरिपूर्ण बुलबुले ताल २४ बिगाहा क्षेत्रफलमा फैलिएर रहेकोछ । जमिनमुनीबाट बुलबुल गर्दै निस्कने पानीलाई संकलन गरी कृतिम रुपमा बनाइएको ताल हो । यो तालमा पुरुष र महिलाकालागि स्नान गर्नकालागि ५/५ वटा धारा रहेको छ । यही धाराबाट बगेको पानी उद्यानको तल्लो भागमा पानीको ठूलो ताल बनी बसेको छ । ताल वरिपरी बनाइएको आर्कषक उद्यानले पर्यटकको मन लोभ्याउँछ । एकान्तमा बगैचामा आनन्दसँग बस्न चाहनेहरुका लागि यो बँगैचा उपयुक्त थलो हो । यहाँ विभिन्न संघसंस्था तथा विद्यार्थीहरु पिकनिक लागि पनि आउने गर्दछन् ।

यसै तालको पानीले खुख्खायामको समयमा केदी हद सम्म खानेपानीको समस्या पनि टार्ने गर्दछ । बिस २०३० सालमा तत्कालिन राजा बीरेन्द्रको सुर्खेत भ्रमणका क्रममा उनकै निर्देशनमा उक्त उद्यान निर्माण गरिएको स्थानीय बताउँछन् । ११:०५ मा यात्रा अगाडि बढ्यो सुर्खेत बजार नजिकै रहेको काेलडाँडा हाेमस्टे मा खाना खाएर टोली दिउसोको २.०५ बजे धनगढी फर्किन तयारी गर्याे यात्रा शुरु भयो । टोलीले घुमफिर गरी ५.१३ बजे काेहलपुर, बाँके बर्दिया, कैलालीको चिसापानी आइपुग्दा सांझ काे ६.०५ बजिसकेकाे थियो खाजा खायौं यात्रा अत्यन्तै फलदायी रहेको सीता सामुदायिक वनका अध्यक्ष पुनाराम चौधरी बताउँछन् । उनलेे भने प्रकृति छ, जल छ, पहाड छ, वन छ, त्यसैले जीवन छ । वसन्तको आगमनसँगै मात्र होइन हरक्षण मानिस यसैमा रमाउँछ पनि तर वनमै हुने डँढेलो भनौं आगलागी लगायतका घटनाले जीवन समाप्त पनि हुन्छ । हामीकहाँ वन छ, मलेसियाबाट घरायसी प्रयोगका काठ ल्याउँछौं र त देश व्यापारघाटामा चुलिन्छ, भनौं काठमात्रै होइन सबै वस्तु हामीकहाँ आयात नै हुन्छ । वनका काठपात प्रयोग नहुँदा दैनिक चुलो जलाउन अर्बौंअर्बको ग्यास विदेशबाट लिन्छौं हामी । वनको सदुपयोग गर्न नसकेको चौधरीले बताए । यात्रा गन्तव्यस्थल अगाडि बढ्यो १०:१५ बजे पुनः टोली कञ्चनपुर कृष्णपुर ९ सीता सामुदायिक वनकाे प्राङ्गणमा पुगेर सकुशल आआफ्नो बासस्थान तर्फ लागेको अध्यक्ष चौधरीले जानकारी गराए ।
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 3145728;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 38;

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (0.0, -0.140625);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 41;

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply