दसैँपछि तिहारसम्म तीन साताको अवधिमा १६५ जना जुवाडे पक्राउ

दसैँपछि तिहारसम्म तीन साताको अवधिमा काठमाडौँ उपत्यकाबाट १६५ जना जुवाडे पक्राउ परेका छन् । यस्तै उनीहरुको साथबाट कुल ३४ लाख ६२ हजार ८८५ रुपैयाँ बरामद भएको छ । सो अवधिमा जुडाडे पक्राउ र चोरीका घटना पनि उल्लेख्य भए । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार कात्तिक ११ देखि ३०गते ९ बजेसम्म तास र लङ्गुरबुर्जा खेल्ने कार्यमा संलग्न १३३ जना पक्राउ परेका छन् । काठमाडौँका १२, ललितपुरका २ र भक्तपुरका २ स्थानबाट उनीहरु पक्राउ परेका हुन् । उक्त स्थानबाट ६९ बुक तास, चेक २० हजार र नगद एक्काइस लाख एकहत्तर हजार तीन सय पैँतीस रुपैयाँ बरामद भएको छ । यस्तै कौडा खेल्ने कार्यमा संलग्न ३२ जना पक्राउ परेका छन् । काठमाडौँ र ललितपुरका १–१ स्थानबाट पक्राउ परेका उनीहरुको साथबाट १२ लाख एकानब्बे लाख पाँच सय पचास रुपैयाँ बरामद भएको छ ।
तिहारको समयमा काठमाडौँ उपत्यकाबाट १९ हजार थान पटाकासहित ८ जना पक्राउ
तिहारको समयमा काठमाडौँ उपत्यकाबाट १९ हजार १३६ थान पटाका बरामद भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ८ हजार ८६९ थान पिस अर्थात १९ हजार १३६ थान पटाका बरामद भएको जानकारी दिएको हो ।

गत कात्तिक ११ देखि आजसम्मको विवरणअनुसार ती पटाकासहित विभिन्न ८ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार खुर्सानी पटाका २ बण्डल पनि बरामद भएको छ ।

एक करोड भन्दा बढीको धनमाल चोरी
यस्तै तीन साताको अवधिमा १ करोड भन्दा बढीको धनमाल चोरी भएको छ । काठमाडौँ प्रहरीका अनुसार कुल १ करोड ३ लाख ६६ हजार १९५ रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

जसअनुसार काठमाडौँको २० स्थानबाट २७ लाख ७९ हजार ४४५ बराबरको धनमाल चोरी भएको छ । यस्तै ललितपुरको १० स्थानबाट २५ लाख ३० हजार ७५० बराबरको चोरी हुँदा भक्तपुरको ७ स्थानबाट ५० लाख ५६ हजार बराबरको चोरी भएको छ ।

ती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ । यस्तै काठमाडौँका ५ स्थानमा लुटपाट हुनुका साथै ती घटनामा ३ जना पक्राउ परेको पनि प्रहरीले जनाएको छ ।

सवारी दुर्घटना सम्बन्धी विवरण

सोही अवधिमा काठमाडौँमा सवारी साधन अनियन्त्रित भएर ३९ वटा दुर्घटना भएका छन् भने १ जनाको मृत्यु र ८ जना पक्राउ परेका छन् । यस्तै अन्यसँग ठोक्किएर ९४ वटा दुर्घटना भएका छन् । जसमा घाइते ११८ जना , १ जनाको मृत्यु र ५५ जना पक्राउ परेका छन् ।

यस्तै ललितपुरमा अनियन्त्रित भएर १९ वटा दुर्घटना भएका छन् भने त्यसमा ११ जना घाइते हुनुका साथै ४ जनाको मृत्यु र ४ जना पक्राउ परेका छन् । यस्तै अन्यसँग ठोक्किइभएको दुर्घटना संख्या ३० वटा रहेका छन् । जसमा ३४ जना घाइते हुनुका साथै १४ जना पक्राउ परेका छन् ।

यसैगरी भक्तपुरमा अनियन्त्रित भएर १६ वटा दुर्घटना हुँदा २३ जना घाइते भएका छन् भने ४ जना पक्राउ परेका छन् । यस्तै अन्यसँग ठोक्किई भएको दुर्घटना संख्या ६८ वटा रहेको प्रहरीले जनाएको छ । जसमा १०२ जना घाइते हुँदा मृत्यु हुनेको संख्या १ जना रहेको छ । यस्तै सो घटनामा २४ जना पक्राउ परेका छन् ।

आगलागीका घटना
सोही अवधिमा काठमाडौँमा ८ स्थानमा आगलागीको घटना भएको छ । जसमा ललितपुरमा ४ तथा भक्तपुरमा २ स्थानमा आगलागीको घटना भएको छ ।

यस्तै आगलागीमा परी भक्तपुरको लोकन्थली एक जनाको मृत्यु हुनुका साथै अनुमानित कुल ८ करोड ७७ लाख ४५ हजार बराबरको भौतिक क्षति भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply