अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ

अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ६ जनालाई पक्राउ गरेको एसपी मिलन केसीले जानकारी दिए।

अनलाइन जुवामा बाजी राख्दा जित्ने आश्वासन दिएर सट्टेबाजी खेलाइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले ललितपुरको विभिन्न ठाउँबाट ६ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनकुटा घर भई ललितपुर नख्खिपोट बस्ने ३० वर्षीय अंकित श्रेष्ठ, कुसुन्ती बस्ने २२ वर्षीय आमोश राई, थेचो बस्ने २० वर्षीय निका राई, भैसेपाटी बस्ने २९ विजय थापा, खुमलटार बस्ने २७ वर्षीय पर्वत पुन र कुसुन्ती बस्ने २७ वर्षीय डेकर राई छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply