कञ्चनपुरको पुनर्वासमा जारी भानु कपको उपाधिका लागि आयोजक र त्रिभुवन युवा क्लब भिड्दै

कञ्चनपुरको पुनर्वास नगरपालिका–५ मा अवस्थित न्यू भानु युवा क्लबद्वारा आयोजित वडा स्तरीय चौथो भानु कपको सेमिफाईनल खेलहरु सम्पन्न भएको छ ।

शनिबार कालिका युवा क्लब र त्रिभुवन युवा क्लब बीच भएको पहिलो खेल बराबरी पछि ट्राई बेकरमा ३ का विरुद्ध ४गोल गर्दै त्रिभुवन युवा क्लब फाईनलमा पुगेको हो ।

त्यस्तै आयोजक र पृथ्वी युवा क्लब बीच भएको दोस्रो सेमिफाईनलको खेल पनि निकै प्रतिस्पर्धामा खेल बराबरी हुन पुगेको थियो । बराबरी पछि ट्राई बेकरमा परिणत भएको खेलमा २ का विरुद्ध ४ गोल प्रहार गर्दै आयोजक फाईनलमा पुगेको थियो ।

१ लाख ५० हजार प्रथम पुरस्कार र ७७ हजार ७ सय ७७ रुपैँया द्वित्तिय पुरस्कार रहेको प्रतियोगिताको फाईनल खेल मंसिर २६ गते दिउँसो १ बजे आयोजक टिम र त्रिभुवन युवा क्लब बीच प्रतिस्पर्धा हुने आयोजक समितिका सचिव जय सिँह ठकुरीले जानकारी दिए ।
र्वमन्त्री बीना मगरका श्रीमान स्वर्गीय प्रकाश दहाल प्रतिष्ठानको प्रथम पुरस्कार सौजन्य र पुनर्वास–५ निवासी स्वर्गीय विरेन्द्र जेठाराको सम्झनामा छोरा बिनोद तथा शेरबहादरद्वारा द्धित्तिय पुरस्कार सौजन्य भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply