खुल्ला नाकाबाट भित्रियो नेपालमा प्रतिबन्धित माछा

गणेश क्षेत्री
धनगढी : भजनी नगरपालिका वडान ३ मा प्रहरीको मिलेमतो मा भित्रीएको माछा स्थानीय ले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय भजनिलाइ नै बुझाएका छन् स्थानीय ले ईन्डिया बाट भित्रीएको माछा समातेर खबर गरेपछि १ सय मिटर को दुरिमा रहेको प्रहरी आधा घन्टा पछि मात्रै पुगेका थिए

स्थानीय इन्द्र मल्ल का अनुसार ईन्डिया बाट आएको माछा भनेर नियन्त्रणमा लिदै गर्दा ब्यापारी ले नेपाल को माछा भएको र नियन्त्रणमा लिन नदिने बताएपछि घम्साघम्सी परेको बताउनुभयो । ब्यापारिले अडान लिएपनी बिल नभएको र स्थानीय आक्रोसित भएपछि स्थानीय र प्रहरी को रोहवरमा खाल्डाे खनेर माछा नस्ट गरिएको थियो
खुल्ला सिमा नाका छ तर सामान आउने र बिक्रि बितरण हुने त बजारमै हो ! प्रहरी रकमी मोहमा डुबेकोले मौन भएको स्थानीय को आरोप छ !

ईलाका प्रहरी कार्यालय का प्रहरी निरीक्षक लोक राज जोसि ले अबैध माछा र कुखुरा भित्रीन्छन भन्ने आफुलाइ जानकारी नभएको बताए । ७० बिगहा मा सोनिया रुबिया ताल ठेक्कामा लिएका सन्चालक जितु बडैला ईन्डिया बाट माछा भित्रीनाले आफ्नो तालको माछा बिक्रि नहुँदा समस्या भएको बताउनुभयो !

सत्ती भन्सार कार्यालय खक्रौला का प्रमुख धनबहादुर शाही ले क्वारेन्टाइन छैन भारतिय माछाको भन्सार बन्दैन ! ती माछाहरु मानव स्वास्थ को हिसाबले अस्वस्थकर भएको बताउनुभयो

कुखुरा ब्यवसायी संघ कैलाली का सदस्य दिलिप बुढाले भारत बाट अबैध माछा र कुखुरा समेत आउने दाबी गरे ! ईन्डिया बाट अबैध कुखुरा भित्रीनाले सङ्क्रमण फैलिने सम्भावना त हुन्छ नै ब्यवसायी समेत पलायन हुने स्थिति रहेको बुढा को भनाइ थियो! कट्टु भित्र रहेको लागू औसध पक्राउ गर्ने प्रहरीले कु्न्टल का कुन्टल कुखुरा र माछा आउँदा प्रहरीले थाहाछैन भन्नू लाजमर्दो कुरा भएको बुढा ले बताउनुभयो

मिलेमतो मा बिओपी पगिया प्रसाद र कालापातल भएर छिर्ने र इप्रका भजनी को नाक मुनिबाट रातारात भन्सार छलिगरेको कपडा हार्डवेयर भजनी , सुखड , बौनिया जानेगरेको छ भने माछा , कुखुरा हरु स्थानीयबजारमै खपत हुनेगरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply