काठमाडौंको ठमेलमा एक पुरूषमाथि कुटपिट

माघ ९ धनगढी
काठमाडौंको ठमेलमा एक पुरूषमाथि कुटपिट भएको छ।

सानुभाइ भनिने युवराज गुरूङको समूहले बागलुङ घर भएका एक पुरूषमाथि गत शनिबार कुटपिट गरेका हुन्।

सानुभाइको समूहले प्लेब्वाइ क्लबको पार्किङमा ती पुरूषमाथि कुटपिट गरेको प्रहरीको भनाइ छ।

कुटपिट भइरहेको सिसीटिभी फुटेज पनि सार्वजनिक भएको छ।

प्रहरी वृत्त दरबारमार्गमा सानुभाइसहित ६ जनाविरूद्ध पीडितले जाहेरी दिएका छन्। प्रहरीले उनको नाम खुलाएको छैन। उनीहरूबीच के विषयमा विवाद भएर कुटपिट भएको भन्ने खुलेको छैन।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले कुटपिटमा संलग्नको खोजी भइरहेको बताए। ‘गुण्डागर्दी गर्नेको खोजी भइरहेको छ, पहिले पनि कुटपिटकै घटनामा संलग्न भएका व्यक्ति हुन्,’ उनले भने, ‘हामी पक्राउ गरी कानुनअनुसार कारबाही गर्छौं।’

यसअघि सानुभाइसहित ८ जना गत असारमा कुटपिटकै घटनामा पक्राउ परेका थिए। उनीहरूले ठमेलको ओम्निया क्लबका सञ्चालक र बाउन्सरमाथि कुटपिट गरेका थिए। त्यसबेला उनीहरू धरौटी बुझाएर छुटेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply