महासमिति बैठकमा कोशी र सुदूरपश्चिमका सदस्य आक्रोशित

फागुन ९ धनगढी
नेपाली कांग्रेसका कोशी र सुदूरपश्चिम प्रदेशका महासमिति सदस्यहरूले बोल्न समय कम भएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

उनीहरूलाई बोल्न पहिले ५ र पछि समय घटाएर ३ मिनेट दिइएको थियो।

३ मिनेटमा ५ प्रस्तावमा धारणा राख्न गाह्रो हुने भन्दै बुधबारको बैठकमा उनीहरूले आक्रोश व्यक्त गरेका हुन्।

समूहगत छलफलका लागि संयोजक वीरबहादुर बलायर थिए। उनले समय कम भएकोले छोटकरीमा धारणा राख्न भनेका थिए।

महासमिति सदस्यहरू आक्रोशित भएपछि सहमहामन्त्री बद्री पाण्डेले माफी मागेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply