आगलागीमा परेर झापामा बालकको मृत्यु

१२ फागुन धनगढी
झापा गाउँपालिका-४ भानटोली बस्ने ईनाम हुसेन सेखको छोरा ४ वर्षीय अतिप हुसेनको आगलागीमा जलेर शुक्रबार दिउँसो मृत्यु भएको छ । सेखको घर नजिकै रहेको परालको कुन्युमा आगलागी भई उनकै घरमा समेत फैलिएर आगलागी हुँदा नजिकै खेलिरहेको अतिपको जलेर मृत्यु भएको हो ।

आगलागीबाट २ वटा घर र नजिकै रहेको मस्जिद समेत जलेर करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

उता दार्चुलाको मार्मा गाउँपालिका-२ घोप्टे बस्ने प्रकाश महरको दिपिका एण्ड अनिस पोल्ट्री फर्ममा विद्युत् सर्ट भई शुक्रबार राति आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यस्तै पर्साको वीरगंज महानगरपालिका-१७ अलौ बजार बस्ने कृष्ण मुरारी साहको घर तथा गोठमा शुक्रबार राति आगलागी हुँदा घर तथा गोठ पूर्णरूपमा जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी सुनसरीको कोशी गाउँपालिका-३ कान्छी चोक बस्ने उपेन्द्र शाहको घरमा विद्युत् सर्ट भई शनिबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply