चार कम्युनिष्ट राजनीतिक दल सम्मिलित रहेको ‘समाजवादी मोर्चा नेपाल’ कञ्चनपुरको सन्देश सभा

१३ फागुन धनगढी
चार कम्युनिष्ट राजनीतिक दल सम्मिलित रहेको ‘समाजवादी मोर्चा नेपाल’ कञ्चनपुरको सन्देश सभा भएको छ ।नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा विप्लव र जनता समाजवादी पाटी सम्मिलित रहेको समाजवादी मोर्चा नेपाल कञ्चनपुरको सन्देश सभा भएको हो ।

आइतबार महेन्द्रनगरमा आयोजित सभामा चारै राजनीतिक दलका नेताहरुले समाजवादी व्यवस्था स्थापितका लागि कम्युनिष्ट दल फुटेर नभई जुटेर अघि बढ्नुपर्नेमा जोडदिएका छन । कार्यक्रममा प्रमुख अथिति समेत रहेका नेकपा एकीकृत समाजवादी पाटीका स्थायी कमिटी सदस्य एव पुर्वमन्त्री उर्वादत्त पन्तले समाजवाद स्थापनका लागि कम्युनिष्ट फुटेर नभई जुट्नुपर्नेमा जोडदिए ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोबिन्द विकले समेत व्यवहारिक रुपमा समाजवादी व्यवस्थाका लागि कम्युनिष्ट एकजुट हुनुपर्ने बताए । नेकपा विप्लवका पोलिट्ब्यूरो सदस्य विकल्प सीले पनि कम्युनिष्ट दल धुव्रिकरण आवश्यक रहेको बताए । जसपा केन्द्रीय परिषद् सदस्य बबिता जैरुले पनि कम्युनिष्ट एजजुट भएर समाजवादी व्यवस्था ल्याउनुपर्नेमा जोडदिए ।

सन्देश सभामा नेकपा विप्लवका कञ्चनपुर इन्चार्ज विष्णू प्रकास उपाध्याय(बिराट)को संयोजकत्वमा समाजवादी मोर्चा जिल्ला कार्य समिति विस्तार गरिएको छ ।

नेकपा माओवादी कञ्चनपुरका युवा नेता एव मोर्चा सदस्य समेत रहेका बिरेन्द्र राज विष्टले चारै दलबाट दुई÷दुई सदस्य रहने गरेर जिल्ला कार्य समिति विस्तार गरिएको बताए । उनका अनुसार माओवादी केन्द्रबाट अमिन दहित(सुर्य), बिरेन्द्र राज विष्ट, नेकपा विप्लवबाट विष्णू प्रकास उपाध्याय(बिराट), नन्द बहादुर सी, नेकपा एकीकृत समाजवादीबाट हरिराम चौधरी, विष्ना भट्ट(पन्त) र जसपाबाट सिता नागरी, राम कुमारी राना रहेका छन । अहिले नेकपा विप्लवले मोर्चाको नेतृत्व गरेका छन । ‘केन्द्रीय नीति अनुरुप ६÷६महिनामा नेतृत्व परिर्वतन हुने छ, ‘सदस्य विष्टले भने, ‘भावि दिनमा पालिका स्तरसम्मै सन्देश सभा आयोजना गछौँ

।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply