सरकारले जाजरकोट केन्द्र भएर गएको भूकम्पबाट प्रभावित पालिकाहरुलाई विपत संकटग्रस्त क्षेत्र घोषणा

१४ फागुन धनगढी
सरकारले जाजरकोट केन्द्र भएर गएको भूकम्पबाट प्रभावित पालिकाहरुलाई विपत संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले ती क्षेत्रलाई विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

गत कार्तिक १७ गते गएको भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा धेरै जनधनको क्षति भएको थियो । भूकम्पमा परी १५३ जनाले ज्यान गुमाएका थिए भने लाखौं घरहरु क्षतिग्रस्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply