मानव बेचबिखन तथा तस्करीको बिरूद्ध माईती नेपालको क्रस–सीमा कार्यशाला गोष्ठी सम्पन्न

१६ फागुन धनगढी
परिवर्तनलाई सशक्त पार्दैः मानव बेचबिखन तथा तस्करीको बिरूद्ध माईती नेपालको क्रस–सीमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । मंगलवार कञ्चनपुर को सिमावर्ति वजार महेन्द्रनगरमा माईति नेपाल कञ्चनपुरले आयोजना गरेको नेपाल भारत सिमा क्षेत्रमा हुने मानव तस्करलाई न्युनिकरण गर्न के कस्ता रणनितिक याजना अघि सार्न सकिन्छ भन्ने कुरामा बहस चलाएको थियो ।

कार्यक्रम मा मानव तस्कर विश्वकै तेस्रो ठुलो अपराधका रुपमा देखिएको र यसमा अर्वोको आर्थिक कारोवार भईरहेकोले यसलाई न्युनिकरण गर्न सरकार पक्ष तथा गैर सरकारी संस्थाहरुले कडा रुपमा प्रस्तुत हुनुपर्नै नेपाल तथा भारत वाट आएका सहभागिहरुको जोड रहेको थियो ।

कार्यक्रममा वोल्दै माईति नेपालका केन्द्रिय निर्देशक विश्वराम खड्काले पछिल्ला समयमा महिला मात्रै नभएर पुरुषहरुको आर्थिक फाईदाकै लागी मानव तस्कर गरी विभिन्न पेशामा संलग्न गर्न मानव तस्करहरु सक्रिय भईरहेका बताएका छन । उहाले हाल नेपाल वाट भारत मा मात्रै मानव तस्करी नभई विश्वमै एक प्रकारको ठुलो अपराधको रुपमा विकसित हुदै गईरहेको र अर्बौैको आथिक कारोवार समेत हुने गरेको डरलाग्दो तथ्यांक फेला परेको बताएका छन ।

माईति नेपालले क्रस–सीमा कार्यशाला आयोजना गरेर मानव बेचबिखनको बिरूद्ध लड्न महत्वपूर्ण कदम चाल्दै सीमापार तस्करी रोक्न प्रभावकारी संयन्त्रको परिचालन गर्नुपर्नैमा जोड दिनुपर्ने देखिएको छ । मानव तस्करी , लागु औषध तथा हातहतियार ओसार पसार जस्ता अपराधिक घटनाहरु विश्वमै डरलाग्दो रुपमा अघि वढिरहेको पाईन्छ ।

समाज जति शिक्षिा र प्रविधि संग जोडिदै गएको छ त्यसै अनुरुप अपराध पनि नयाँ नयाँ प्रविधिहरुको प्रयोग गरि द्रुत गतिमा वढ्दै गईरहेकाले मनव तस्कर जस्ता अपराधिक कृयाकलापलाई न्युनिकरण गर्न ग्रास लेवल वाट कदम चाल्नु पर्ने र यसवारे गाँउ टोल वाटै सचेतनामुखी कार्यक्रममा जोड दिनुपर्ने उत्तराखण्ड राज्य महिला आयोग की निर्वतमान उपाध्यक्ष ज्योति शाह मिश्राले बताएकी छन ।

पीडितहरूका लागि द्रुत ट्र्याक उद्धार र स्वदेश फिर्ता प्रक्रिया स्थापना गर्ने प्राथमिक उद्देश्यका साथ कार्यशालाले दुवै देशका सिमा क्षेत्रमा विशेष प्रकारको सुरक्षा तथा सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिईएको थियो । अधिकांश नेपालि चेलिहरु भरतका विभिन्न शहरमा कोडिहरुमा बेचिएको अवस्थामा रहेकाले भारत सरकारले समेत त्यसमा सहजीकरण का लागी पहल थाल्नुपर्ने देखिएको छ ।

मनव बेच विखनको सम्स्या मानव जातिमै कलंकित समस्याको रुपमा रहेकाले आफ्ना छोरी चेलिहरुलाई कसरी यस्तो कुसस्कार वाट कसरी जोगाउने भन्ने चिन्ता सवै अभिभावकले लिने हो भने केहि हद सम्म ग्रामिण भेगका छोरी चेलिहरु मनव तस्करको चंगुलमा पर्न वाट बचाउन सकिने र विगतमा दास वनाउन, यौन व्यवसायको लागी हुने गरेको भएपनी हाल आएर मानव अंग निकाल्न समेत मानव तस्करी हुने गरेको जिल्ला समन्वय समितिका अध्यक्ष दुर्गा दत्त वोहराले बताएका छन ।

सहभागीले असुरक्षित प्रवास र मानव बेचबिखनको प्रभावको बारेमा छलफलको नेतृत्व गरेका छन ।। मुख्य विषयहरूमा पैरवी गर्ने संयन्त्र, मानव बेचबिखनको परिवर्तनशील आयाम, आउँदा दिनहरूमा रोकथाम उपायहरू र नेपाल–भारत सीमामा मानव बेचबिखन न्युनिकरण गर्न संयुक्त प्रयासहरू समावेश गरिएका थिए ।

नेपाल–भारत ले संयुक्त रुपमा विभिन्न संयन्त्रहरुलाई खुला सिमा क्षेत्रमा कसरी प्रभावकारी रुपमा परिचालन गर्न सकिन्छ भन्नेकुरा तिर केन्द्रित हुदा मानव तस्करको जालोमा परेर समस्यामा पर्नु भन्दा पहिले सुरक्षित गर्न सकिने भन्दै पछिल्ला दिनमा नेपाल वाट भारत मात्रै नभई भारत वाट नेपालमा समेत मानव तस्करी हुने भएकाले भारत वाट आउने वाल वालिका तथा महिला हरुमा समेत माईती नेपाल जस्ता संघ सस्था र सुरक्षा निकायले विशेष चनाखो हुनुपर्ने प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले वताएका छन ।

नेपालमा करिव १८ सय ५० किलोमिटर खुला सिमा रहेको , गरिव र अशिक्षा का कारण विभिन्न प्रलोभनमा परि मानव तस्करहरुले सहजै महिला तथा वालवालिकालाई बेच विखन गर्ने सक्ने भएकाले तस्करी रोक्न धेरै चुनौति रहेको भए पनी यसलाई न्युनिकरण गर्न मानव तस्करी विरुद्ध कार्य गरिरहेका नेपाल तथा भारतका विभिन्न संघ सस्थाले चनाखो भई कार्य सम्पादनमा जोड दिनुपर्ने देखिएको उत्तराखण्ड राज्य चम्वावत का सहायक जिलाधिकारी आकाश जोशीले बताएका छन ।

कार्यक्रमका प्रमुख अथिति सुदुरपश्चिम प्रदेशका संसद प्रकाश रावलले मानव तस्करी विरुद्धमा सरकार पक्ष वाट कडा रुपमा पहलकदमी चाल्नु पर्ने देखिएको वताएका छन । नेपाल भारत को सम्वन्ध भाईचारा को रहेको बताउदै नेपालको छारी भारतको बुहारी र भारतको छोरी नेपालको बुहारी हुदै रहेको पारिवारीक सम्वन्धलाई बचाई राख्न समेत यस्ता चनेलि बेचि बेचविखनमा संलग्न मानव तस्करका विरुद दुवै देशका सरकारी पक्ष का साथै सिमा क्षेत्रमा लामो समय देखि का मगर्दै आईरहेका माईति नेपाल जस्तै शसक्त संस्थाहरुले पैरवी गर्नु जररी देखिएको छ ,

उहाले माईति नेपाल कञ्चनपुरका अध्यक्ष महेश्वरी भट्ट र उहाको टिमलाई धन्यवाद दिदै एउटा महिला भएर भारतका ठुला ठुला शहरमा बेचिएका कैयो चेलिहरुको सफलता पुर्वक उद्धार गरि नारकिय जिवन वाट बचाएर ल्याएको प्रति सम्मान व्यक्त गरेका छन । महेश्वरी भट्ट जस्तै शसक्त निडर महिला हरु भए मानव तस्कर लाई निर्मुलीकरण गर्न सकिने धारणा सांसद रावलले व्यक्त गरेका छन। माइृति नेपाल कञ्चनपुरले कैयो मानव तस्कर दलालहरुलाई कानुनी फन्दामा पारी सजायको भागिदार समेत बनाएको उहाले बताए ।

दोधारा चाँदनीका मेयर किशोर लिम्बुले सरकाले मानव तस्कर विरुद्ध का अभियान गाउ टोल तिर गर्न ध्यान दिनुपर्नेमा जोड र्दिका छन। उहाले पश्चिमि सिमामा सवै भन्दा वढि खुला सिमा र सुरक्षा व्यवस्था कम भएको नगरपालिका देधारा चादनी नगरपालिका भएकाले यहाँ वाट मानव तस्करी हुने सम्भावना वढि हुन सक्ने भन्दै केन्द्रिय सरकार तथा प्रदेश स्कारले मानव बेचविखन र तस्करका विरुद्धका कार्यक्रम संचालन गर्न बजेटको व्यवस्थापन गर्न माग समेत गरेका छन। उहाले वडास्तरिय चेलिबेटि बेचविखन विरुद्धका कार्यक्रम, जनचेतना मुखी कार्यक्रम सञ्चालन गर्न र स्थानिय युवा युवतीहरुलाई तालिम लगायतका विषयमा सहभागि गराउन सकिने हो भने मानव बेचविखन न्युनिकरण्मका सहज हुने धारण व्यक्त गरेका छन ।

कार्यक्रममा भारत तथा नेपालका सुरक्षा अधिकारी विभिन्न संघ संस्थाका पदाधिकारी लगायत स्थानिय तहका प्रमुख उप प्रमुख हरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply