कृष्णपुर ४ मा गाई संरक्षणका लागि महायज्ञ: सङ्कलन हुने रकमबाट गाईपालनलाई बृहत् बनाउने योजना

कञ्चनपुर : कुष्णपुर नगरपालिका ४ मा रहेको गौशाला व्यवस्थित गर्न ग्वासी समैजी गौ संरक्षण समितिको सयुक्त आयोजनामा महायज्ञ आयोजक समितिले जनाएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन २७ देखि चैत्र ३ गते सम्म धार्मिक महायज्ञ आयोजना गर्न लागिएको जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख हेम राज ओझाले छाडा चौपायाको समस्यालाई समाधान गर्नको लागि निर्माण गरिएको गौशालालाई व्यवस्थित र प्रभावकारी बनाउन महायज्ञ आयोजना गर्न लागिएको बताए । उनले गाईको व्यवस्थापन कार्य जटिल भएकाले यसको संरक्षणका लागि जनतालाई जागरुक गराउन आवश्यक रहेको बताए । ‘हामी हिन्दु धर्म मान्छै । गाईको महत्व जनतालाई बुझाउन र गाई पाल्न समुदायलाई प्रोत्साहन गर्ने महायज्ञको उद्देश्य हुनेछ’ उनले भने ‘गौशालाबाट बाइप्रोडक्ट उत्पादनमा सहयोग पु¥याउन पनि महायज्ञले भूमिका खेल्ने अपेक्षा लिएका छौ । उनले कृष्णपुर नगरपालिकाले गाई संरक्षणका लागि बनाइएको ऐनमा आवश्यक परिवर्तन गरेर काम गरिरहेको बताए । उनले नगरका ५ ठाउँमा गौशाला निर्माण गरेर करिब १५ सय गाईको संरक्षण गरिरहेको बताए । उनले नगरमा छिमेकी पालिकाबाट पनि गाई आउने क्रम नरोकिएकाले संरक्षणमा चुनौती रहेको बताए । उनले नगरपालिकाले मात्रै गौ संरक्षणमा खर्च गरेर नहुने भएकाले त्यसका लागि जनतामा गाई पाल्न प्रोत्साहन गर्नुका साथै गाई पालनबाट नै उत्पादन लिन सकिने गरी व्यवस्थापन गर्न नगरपालिका अग्रसर भएको बताए । अनुत्पादक रहेका गाईलाई संरक्षण गरेर त्यसबाट उत्पादन लिनको लागि पनि महायज्ञले सहयोग पुग्ने अपेक्षा लिएका छौ’ उनले भने ‘सामाजिक कार्यमा जनतालाई जागरुक गर्न महायज्ञले ठूलो भूमिका खेल्छ ।’ उनले नगरपालिका गाई संरक्षणका काममा व्यवस्थित तरिकाले लागेकाले महायज्ञले त्यसलाई थप व्यवस्थित गर्न मदत पुग्ने बताए पछिल्लो समय गाईपालन हराउन थालेसँगै लोप हुन लागेको गाईको धार्मिक र पर्यावरणीय महत्व रहेको छ । हिन्दू धर्मावलम्बीहरुले लक्ष्मीका रूपमा गाईलाई पूजा गर्छन् । गाईको सेवाबाट ऋषि, महर्षि, राजर्षिहरुले शक्ति र सौभाग्य प्राप्त गरेको प्रसङ्गहरु पुराणमा उल्लेख छ । हिन्दू धर्मावलम्बीहरुका लागि गाई जन्मदेखि मृत्युसम्म नै अति आवश्यक जनावर मानिन्छ ।


गाईबाट प्राप्त हुने पञ्चतत्व दूध, दही, घ्यू, गोबर र गहुँतको धार्मिक महत्वसँगै आयुर्वेद र चिकित्साशास्त्रमा समेत उपयोगी मान्ने गरिएको छ । गाईको मल खेती गर्नका लागि अति उपयोगी मानिन्छ भने गाईको प्रशोधन गरिएको गहुँत आयुर्वेद औषधि बनाउन प्रयोग गरिने भएकाले असीमित महत्व बोकेको गाई संरक्षणका लागि पहल थालिएको महायज्ञ आयोजक समितिले जनाएको छ ।
मानव सभ्यतासँग जोडिएको गाईको दूध, दही, घ्यू पोषिलो हुने मान्यता रहेको छ । गहुँतको प्रयोगबाट विभिन्न किसिमका रोग निदान हुने बताइएको छ । परम्परागत समाजमा गाईपालन बृहत् रूपमा हुँदै आए पनि पछिल्लो समय भने बिस्तारै हराउँदै जान थालेको छ ।
गाई संरक्षणलाई प्रमुख उद्देश्य राखिएको महायज्ञबाट सङ्कलन हुने रकमबाट गौशालाको क्षमता विस्तार गरी गाईपालनलाई बृहत् बनाउने योजना अघि सारिएको छ । मूल आयोजक समितिले जङ्गल रहेको र चरन क्षेत्रको अभाव नहुने भएकाले यस क्षेत्रमा गाईपालनको केन्द्र बनाउने योजना अघि सारेको हो । गौशालाको क्षमता विस्तार गर्न सकेमा कृष्णपुरमा छाडा छोडिएका गाईलाई गौशालामा लगेर व्यवस्थित गरिनेछ । गौशालामा पालिएका गाईको गहुँतलाई प्रशोधन गरेर औषधि र धार्मिक कार्यका लागि बिक्री गर्ने र गोबरलाई प्राङ्गारिक मलका रूपमा उपयोग गर्ने योजना बनाइएको आयोजक समितिले जानकारी दिए ।
महायज्ञमा गाईको महत्व र फाइदाका विषयमा धार्मिक प्रवचनसँगै गाई पूजा, गौदान भजनकीर्तनसमेत प्रस्तुत गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply