चितवनमा उपचारका लागि टिकट काट्न लाइनमा बसेका बिरामीको मृत्यु

फागुन २७ धनगढी
चितवनमा उपचारका लागि टिकट काट्न लाइनमा बसेका बिरामीको मृत्यु भएको छ । बागमती प्रदेश सरकार मातहतको बकुलहर रत्ननगर अस्पतालमा उपचारका लागि आएमा एक युवकको टिकट काट्न लाइनमा बसेकै बेला मृत्यु भएको हो ।

पूर्वी चितवनको सो अस्पतालमा बहिरङ्ग सेवा (ओपिडी)को टिकट काट्न लाइनमा बसेका रत्ननगर नगरपालिका वडा नम्बर–३ लौरीघोलका जीवनबाबु थापामगरको टिकट काट्न लाइनमा बस्दै गर्दा मृत्यु भएको हो । अस्पताका मेडिकल सुपेरिटेन्डेन्ट डा. मदन ज्ञवालीका अनुसार आइतबार बिहान ३४ वर्षका मगरको सडेन कार्डियाक डेथ भएको हो ।

डा. ज्ञवालीका अनुसार मधुमेह रोगका पीडित उनी आइतबार बिहान उपचारका लागि अस्पताल आएका थिए । अचानक ढलेका उनलाई इमर्जेन्सी विभाग पु-याउँदा मृत्यु भइसकेको थियो । थापाको शव परिवारका सदस्यले जिम्मा लिइसकेको डा. ज्ञवालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply