जनअपेक्षा पूरा गर्न एमाले सरकारमा सहभागी: उद्योगमन्त्री भण्डारी

२८ फागुन धनगढी
उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामाेदर भण्डारीले जनअपेक्षा पूरा गर्न अहिलेकाे नयाँ गठबन्धन बनेकाे बताउनुभयो । नेकपा एमाले बैतडीको नवाैं जिल्ला अधिवेशनकाे साेमबार पाटनमा उद्घाटन समारोहलाई सम्वाेधन गर्दै मन्त्री भण्डारीले जनताकाे निराशालाई आशामा बदल्न नयाँ गठबन्धन भएको बताउनुभएको हाे । उहाँले भन्नुभयाे,”राष्ट्रिय चुनाैतीलाई एकतामा बदल्न एमाले सफल भएकाेछ। जनअपेक्षा पूरा गर्न हामी सरकारमा गएका हाैं ।जनताकाे शिर झुक्ने गरि काम गरिने छैन् । बैतडी र सिंगाे सुदूरपश्चिमलाई केन्द्रमा राखेर काम गरिनेछ। ” देश निर्माणकाे लागि अहिलेकाे गठबन्धन बनेकाे बताउदै मन्त्री भण्डारीले चुनाैतीलाई अवसरमा बदल्नु आवश्यक रहेकाे बताउनुभयो । एमालेविरूद्धकाे गठबन्धन बिफल भएकाे छ। उहाँले भन्नुभयो,”देश संकटपूर्ण अवस्थामा छ, सरकारप्रति जनताकाे आक्राेश छ, हिजाे एमालेले अघि सारेका याेजना अलपत्र छन् । सरकारमा जति दिन रहेपनि यसलाई स्वर्णिम अवसरका रूपमा लिएका छाै । जनताकाे पक्षमा काम गरिनेछ ।” राजनितिक शक्ति सुन्तुलनकाे आधारमा देशमा परिवर्तन आएकाे भन्दै मन्त्री भण्डारीले एमालेलाई बाहिर राख्न खाेज्ने शक्ति पराजित भएकाे टिप्पणी गर्नुभयाे । पार्टी मिसन ८४ मा हिडेकाेले सबैले एकताबद्ध भएर लाग्नुपर्नेमा मन्त्री भण्डारीकाे जाेड रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply